बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
खेलकुद

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ बिजयी

२८-भाद्र-२०७६ | ०३:०३:४५ pm

काठमाडौं , बर्णन संवाददाता ।
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ बिजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिष्पर्धी उमेशलाल श्रेष्ठलाई मात्र ७ मत अन्तरले पराजित गरेका हुन ।
अध्यक्षका प्रत्यासी जीवनरामले १७ र उमेशलालले १० मत पाए ।

जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको निवर्तमान अध्यक्ष समेत हुन् ।

उपाध्यक्षमा ज्योति राणा (२६), चतुरानन्द राजवैद्य (२२), तेजबहादुर गुरुङ (२०), सुनिल श्रेष्ठ (१८) र अशोकरत्न बज्राचार्य (१५) निर्वाचित भएका छन् । उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारी (१२), पुष्पदास श्रेष्ठ (११) र राजीव श्रेष्ठ (११) मत पाए ।

महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे । लिलेन्द्रले १५ र पुरेन्द्रले १२ मत पाए ।

उपमहासचिवमा पीताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा तीन पदमा भएको निर्वाचनमा बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सचिवका अर्का प्रतिस्पर्धी तथा राखेपका पूर्वसदस्यसचिव केशवकुमार विष्ट भने पराजित भए । उनले १७ मत पाए ।

सदस्यमा रमेशप्रसाद शिवाकोटी (२६), प्रकाशशम्सेर राणा (२६), गोपालसुन्दर लाल कक्षपति (२६), दीर्घबहादुर केसी (२६), होमबहादुर दोङ (२५), टासी घले (२४) र राम अवाले (२०) निर्वाचित भए । सदस्यमा पराजित मनोरञ्जनरमण शर्माले ९ मत मात्रै प्राप्त गरे ।

निर्वाचनमा २७ मतदाता रहेका थिए ।

Leave a Reply

सम्बन्धित समाचार