शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्रीले फायर खोले: सचिवालयका ६ पदमुक्त   * राष्ट्रसंघमा कालापानी लगायतको सीमा विवाद सम्वन्धी विषय प्रवेश   * वामदेव आफ्नै दल (नेकपा) र सरकारलाई किन प्रश्न गर्छन् ?   * उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त   * प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
न्याय/कानुन

कानुन बनाउने संसद् नै कानुन उल्लंघन गर्नमा अघि

२८-भाद्र-२०७६ | ११:१७:५३ am

कानुन बनाउने स्थल संसद्मै काननुको उल्लंघन हुने गरेको छ ।

प्रत्येक महिनाको पहिलो र तेस्रो हप्ता बस्ने पहिलो बैठकको पहिलो एक घन्टा सांसद्हरुले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने र प्रधानमन्त्रीले उक्त प्रश्नको जवाफ दिनुपर्ने कानुनी व्यवस्था छ ।

तर, यो व्यवस्था अहिलेसम्म एकपटक भन्दा अर्कोपटक कार्यान्वयन भएको छैन ।

विसं २०७५ माघ ४ गते कार्यकारी र सांसद्बीच पहिलोपटक प्रश्नोत्तर भएको थियो ।

तर, त्यसपछि एकपटक यो नियमावलीको कार्यान्वयन हुन खोज्दा कसले पहिला बोल्ने भन्दै कार्यकारी र सांसद्बीच विवादका कारण स्थगितपश्चात उक्त कार्यले पुनः निरन्तरता पाउन सकेको छैन ।

त्यसैगरी उक्त प्रतिनिधिसभा नियमावलीमा शून्य तथा विशेष सभामा सांसद्हरुले राखेको जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिनुपर्ने पनि कानुनी व्यवस्था छ ।

त्यसको पनि कार्यान्वयन हुन नसकेको स्वयं सांसद्हरु स्विकार्दै शून्य समय र विशेष समय प्रभावहीन भएको बताउँदै आएका छन् ।

र, केही सांसद्ले आफुहरुले अहिलेसम्म बोलेका विषयबारे सरकारले सदनलाई जनकारी नगराएको बताउँदै आएका छन् ।

उनीहरुले आफ्ना कुरा संसद्मा राख्न पाउने कानुनी व्यवस्था भएको, तर सुनुवाइ नहुने कुरा बताउछन् ।

शून्य समय भनेको सरकारले सुन्ने समय भएको भन्दै सांसद् विरोध खतिवडाले सभामुख बलियो हुनुपर्ने बताएका छन् ।

उनले शून्य समयको महत्व बुझी त्यसैअनुरुप कार्य गर्न सकेमा सरकार, सांसद् र जनताबीचको त्रिपक्षी सम्बन्ध दश गुण शक्तीशाली हुने बताएका छन् ।

केही सयमअघि सरकार र संसद्ले सांसदको आवाज नसुनेको भन्दै कांग्रेस सांसद राजेन्द्रकुमार केसीले संसद्मै एक मिनेट मौन धारणा गरी विरोध जनाएका थिए ।

जसले कानुन बनाइ विधिको शासन कार्यान्वयन गर्ने स्थलमा कतिको कानुन कार्यान्वयन हुन्छ भन्ने यथार्थताको चित्रतालाई स्पष्ट पर्छ ।

Leave a Reply

सम्बन्धित समाचार