सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

मध्यरातमा कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

२८-भाद्र-२०७६ | १०:०१:०३ am

धनुषा । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट गएराती मध्यरातमा करीव साढे १२ बजे एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा ७.६२ मि.मि. को दुई वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको धनौजी गाउँपालिका २ बस्ने अन्दाजी ३२ बर्षिय मनिष मिश्र छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सोही जिल्लाको लोहनाबाट धनौजीतर्फ साइकलमा जाँदै गरेका निज मिश्रलाई गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका मिश्रलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार