सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

पूर्व एमालेको अर्न्तघातले प्रचण्डका साला पराजित

२८-भाद्र-२०७६ | ०९:०७:४९ am

चितवन । पूर्व एमालेहरुले असहयोग गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साला छबी गौतम निर्माण व्यवसायी महासंघ चितवनको अध्यक्षमा पराजित भएका छन् ।

गौतम सहज बहुमत रहेका नेकपा निकट बाम व्यवसायीहरुको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।

उनि कांग्रेस निकट निर्माण व्यवसायीहरुको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका बाबुराम भनिने उमाकान्त पौडेलसंग पराजित भए ।

निर्माण व्यवसायी महासंघ चितवनको चुनावी अंक गणित हेर्दा ९५ जना व्यवसायीहरु कांग्रेस निकट थिए ।

पूर्व एमाले र माओवादी गरि नेकपा निकट एक सय ८९ जना व्यवसायीहरु थिए तर, परिणमा त्यो भन्दा विल्गुलै फरक आयो ।

शुक्रबार भएको निर्वाचनमा कांग्रेस निकट व्यवसायी पौडेलको पक्षमा दुई सय ४ मत आयो । भने गौतमको पक्षमा ६८ मत ।

स्रोतका अनुसार गौतमले ल्याएको यो मत पूर्व माओवादीको मात्रै हो ।

पूर्व एमालेहरुले कांग्रेसका उम्मेदवारलाई सहयोग गरेपछि गौतम पराजित भएको भन्दै अहिले अन्र्तघातीको खोजी कार्य भइरहेको बताइएको छ ।

निर्वाचनमा द्धितीय उपाध्यक्षमा बाम प्यानलका दिनेशचन्द्र न्यौपाने काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गर्दै विजयी भए ।

न्यौपानेले १५४ मत प्राप्त गर्दा अधिकारीले ११६ मत ल्याए । संघको सचिवमा १३६ मत प्राप्त गरी पुष्कर अधिकारी विजयी भए ।

उनका निकटम प्रतिद्धन्द्धी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए ।

सह–कोषाध्यक्षमा १६० मत ल्याई ताराप्रसाद दुवाडी विजयी हुँदा निकटम प्रतिद्धन्द्धी बाबुराजा सिंहले १११ मत प्राप्त गरे ।

संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती २१८ं, संजय न्यौपाने १८५, शिवलाल ढकाल १७१, प्रकाश तिवारी १६८, दीपक अधिकारी १५९, विष्णु प्रसाद लामिछाने १४५, दीपक पाठक १३९ र पिताम्बर बास्तोला १३७ मतका सात विजयी भए ।

संघमा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भए ।

शुक्रबार निर्वाचन हुनुपूर्व कोषाध्यक्षका प्रतिस्पर्धी कमलराज आचार्यले उम्मेद्वारी फिर्ता लिएपछि उत्सव भट्टराई पनि निर्विरोध निर्वाचित भए ।

महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध भइन ।

२८४ मतदाता रहेको संघमा २७८ जना मतदानमा सहभागि भएका थिए ।

नेकपामा यसअघि अर्न्तघातका कारण टान र झापा उद्योग बाणिज्य संघमा नेकपाका उम्मेदवार पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार