बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
गण्डकी प्रदेश

कूल ६२४मा ४५३ मुद्दा फछ्र्योटमा प्रगति

२८-भाद्र-२०७६ | ०७:५१:५९ am

जिल्ला अदालत बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ ।

कूल ६२४ मुद्दामध्ये ४२८ फछ्र्योट गर्ने लक्ष्य लिइएकामा ४५३ मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ ।

फछ्र्योट भएकामा व्यक्तिवादी देवानी २९७, व्यक्तिवादी फौजदारी ६५, सरकारवादी फौजदारी ८६, पुनरावेदन देवानी एक र पुनरावेदन फौजदारी मुद्दा एक रहेको छ ।

“कूल मुद्दामा ७२ दशमलव ५९ प्रतिशत फछ्र्योट भए, बाँकी १७१ मुद्दाको चालू आवमा जिम्मेवारी सरेको छ”, अदालतका श्रेष्तेदार भेषराज पौडेलले भने ।

सबैभन्दा बढी असारमा ७१ मुद्दा फछ्र्योट भए । वार्षिक कार्ययोजनाले तोकेभन्दा बढी मुद्दा फछ्र्योट भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए ।

अधिकांश मुद्दाको किनारा वर्ष दिनमै लाग्ने गरेको छ ।

अदालतले न्याय सम्पादन कार्यलाई छिटो, छरितो बनाएपछि अपेक्षितभन्दा बढी प्रगति देखिएको हो ।

चालू आवमा ६८६ मुद्दा पर्न सक्ने र ४२९ मुद्दा फछ्र्योट हुने अदालतको अनुमान छ ।

गत साउनयता हालसम्म २१ मुद्दा फछ्र्योट भइसकेको छ ।

अदालतमा बढीजसो सम्बन्धविच्छेद, जबर्जस्ती करणी, अंश, लेनदेन र ज्यानसम्बन्धी मुद्दा पर्ने गरेको न्यायाधीश न्यौपानेको भनाइ छ ।

“सम्बन्धविच्छेद र जबर्जस्ती करणीका मुद्दा वर्षेनी बढिरहेका छन्”, उनले भने ।

Leave a Reply

सम्बन्धित समाचार