आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ

काठमाडौँ। फ्रान्समा एक ब्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् ।

उनी आफनी श्रीमतीलाई अरु पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाईएको छ ।

आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनको ५० वर्षअघि विवाह भएको थियो । सन् २०११ देखि उनले श्रीमतीलाई डिनरमा एन्टी एन्जाइटी औषधि खुवाउने गरेपछि श्रीमतीले बेहोस हुन्थिन र त्यही बेला उनी सुते पछि घरमा मानिसहरूलाई बोलाएर श्रीमतीलाई बलात्कार गराउँथे ।

आफनी श्रीमतीको बलात्कार गराउनका लागि उनले २६ देखि ७३ वर्षका ५१ पुरुषलाई बोलाएका थिए, जसलाई प्रहरीले बलात्कारको आरोपमा पहिचानसमेत गरिसकेको छ । प्रहरीले ती महिलामाथि भएका यौन दुब्र्यबहारका ९२ भिडियो प्रमाण प्राप्त गरेको छ, जसमा ८३ जना अभियुक्त देखिएका छन् । तर अहिलेसम्म ५१ जना मात्रै पहिचान गरी पक्राउ गरिएको फ्रान्सेली प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यी अभियुक्तले तीन वर्षअघि नै चेन्जिङ रुममा लुकेको क्यामेराबाट अर्की महिलाको भिडियो बनाएको रहस्य खुले पछि उनलाई पक्राउ गर्दा यो डरलाग्दो बलात्कारको घटना उजागर भएको हो । यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनको ल्यापटपको खोजी गरेको थियो । जहाँ उनले ‘अब्यूज’ नामको फाइल सेभ गरेका थिए ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार आरोपीको ल्यापटपमा सयौं भिडियोहरू फेला परेका छन्, जसमा नाम, मिति र भिडियोमा खिचिएका कुराहरू उल्लेख गरिएको छ ।

श्रीमतीले बलात्कारको सुराक पाउन नपरोस् भनेर आरोपीले धेरै नियम बनाएका थिए । घरबाट अलि टाढा रहेको विद्यालय नजिकै बलात्कारीले कार पार्क गर्नुपरेको थियो । त्यसपछि अँध्यारो भएपछि छिमेकीले देख्न नपरोस् भनेर त्यहाँबाट हिँडेर अभियुक्तको घर पुग्नुपर्ने भयो ।

घरभित्र पस्ने बित्तिकै भान्सामा गएर लुगा फुकाल्नु पर्थ्यो । त्यसपछि अभियुक्तले घरमा आएका व्यक्तिलाई तातो पानीले हात धुन लगाइदिन्थे ताकि विभिन्न तापक्रमका कारण श्रीमती नउठून् । साथै, पुरुषहरूलाई चुरोट पिउन र अत्तर लगाउन निषेध गरिएको थियो। यसो हुनुको पछाडिको कारण पनि एउटै थियो कि उनी गएपछि श्रीमतीलाई घरमा कसैको आगमनको खबर नआओस् ।