जन्ती बोकेको जिप दुर्घटना अपडेट: पाँचजनाको मृत्यु १२ जना घाइते

गोरखा। गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ । 

सडकबाट करिब दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए आफू भर्खर घटनास्थल पुगेको र मृतक तथा घाइतेहरुको पहिचान नखुलिसकेको उनले जानकारी दिए ।