वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन,सांसदको हैसियतमा कुनै गतिविधि गर्न नपाउने

 नक्कली शरणार्थी प्रकरणमा संलग्न ठहरिएका एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतस् निलम्बन भएको छ ।काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रामयमाझी सांसदबाट निलम्बित भएका हुन् । संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उनको पदै जान्छ र उनी निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन्छ ।

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ । 

https://barnanmedia.com/detail/1686954123-b-lb-u-n2-23-06-17

आज - ०२ आषाढ २०८० शनिवार को राशिफल

आज - ०२ आषाढ २०८० शनिवार को राशिफल 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ ।

https://barnanmedia.com/detail/1686956896-aa-aa-l-bp-23-06-17

कोशीका सात जिल्ला बाढीपहिरोको उच्च जोखिममा

कोशी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएको छ । प्रदेश सरकारले यसवर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका तीन लाख एक हजार एक सय ४३ जनसङ्ख्या प्रभावित हुने समेत अनुमान गरेको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० अनुसार कोशी प्रदेशमा झापा, मोरङ, सुनसरी, उदयपुर बाढी र खोलुखुम्बू, ताप्लेजुङ र तेह्रथुम पहिरोको उच्च जोखिममा रहेको देखिएको प्रदेश विपद् व्यवस्थापन परिषद्को भनाइ छ ।

https://barnanmedia.com/detail/1686957561-ll-b-u-cw-23-06-17

नौ हजार रकम घुससहित वडाअध्यक्ष पक्राउ

 नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया रु नौ हजार घुससहित पक्राउ परेका छन् ।

आज कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई रु नौ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

पूर्वमन्त्रीसहित १६ जनालाई थुनामा पठाउन अदालतले समाएका आधार के हाे? (पूर्णपाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्त जगन्नाथदेवल ९केन्द्रीय० कारागार सुन्धारा चलान गरिएका छन् ।

र्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेका १८ जना नक्कली शरणार्थी प्रकरणमा कुनै न कुनै रुपमा संलग्न भएको प्रारम्भिक निष्कर्ष जिल्ला अदालत, काठमाडौंले निकालेको छ ।

संघीय नेपालको पहिलो प्रादेशिक बजेट शुक्रबार सार्वजनिक,कुन प्रदेशको कति बजेट ?

संघीय नेपालको पहिलो प्रादेशिक बजेट शुक्रबार सार्वजनिक भएको छ । 

कोशी प्रदेशले बिहीवारै अध्यादेशबाट बजेट ल्याएको थियो भने बाँकी छ वटै प्रदेशका सभामा शुक्रवार बजेट पेस गरिए।  संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सातवटै प्रदेशले कुल दुई खर्ब ७९ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

https://barnanmedia.com/detail/1686961948-l-l-b-b-b-vp-23-06-17

विज्ञान प्रदर्शनी : सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम

पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय विज्ञान महोत्सवमा सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम भएको छ ।

हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवमा पोखराकै सिर्जना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भएका छन् । जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमूना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखराले सान्त्वना प्राप्त गरेका छन् । 

बालेन र उड्यन प्राधिकरण आमनेसामने, प्रधानमन्त्री प्रचण्ड रमिते

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र नागरिक उड्ययन प्राधिकरण आमनेसामने भएका छन् । प्राधिकरणले करिब २ अर्ब लगानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि सिनामंगलमा १० तले भवन निर्माण गर्दा कानुन उल्लंघन गरेपछि मेयर शाहले एक्सन लिएका थिए । तर, यो विषयमा प्राधिकरणले पनि निहुँ खोजेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार घर बनाउदा नक्सा स्वीकृति पालिकाले गर्छन् । घर बनाउदा नक्सा अनिर्वाय रुपमा स्वीकृति गर्नुपर्छ ।

https://barnanmedia.com/detail/1686954605-bl-u-aa-ca-23-06-17

अवकाशको मुखमा पद पाएका हरिकृष्ण कार्की अब के काम गर्लान् ?

 सर्वोच्च अदालतले १६ महिनापछि प्रधानन्यायाधीश पाएको छ । उमेर हदका कारण अवकाशको झण्डै डेढ महिनाअघि प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की संसदीय समितिबाट अनुमोदित भएका छन् र लगत्तै राष्ट्रपतिबाट नियुक्ति पाएका छन् ।

काम गर्ने दिन धेरै छैन, गर्नुपर्ने कामको सूची भने लामो छ । आफैँले सुझाव दिएको न्यायालय सुधारको प्रतिवेदन कार्यान्वयनदेखि न्यायालयलाई जनताको विश्वासको केन्द्र बनाउने चुनौती छ । न्यायालय सुधारका लागि भनी तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध २०७८ कात्तिकमा आफैं इजलास बहिष्कार गरेका कार्कीको कार्यकाल छोटो भए पनि उनको नेतृत्वलाई लिएर धेरैको चासो छ ।

https://barnanmedia.com/detail/1686963975-a-e-ab-l-bp-23-06-17

सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ ।

बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो ।

भाषा संरक्षणमा जुटे चितवनको तामाङ समुदाय

चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् । तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न भएको हो । प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको तामाङ पत्रकार सङ्घ चितवनका अध्यक्ष बबिलाल तामाङले जानकारी दिनुभयो ।

समग्र आदिवासी जनजाति समुदायले आएको मातृभाषा हराउने क्रममा रहेको बेला संघले चितवन जिल्लामा रहेका तामाङ समुदायको सहभागितामा भाषा संरक्षणको लागि कक्षा सञ्चालन गरेको उहाँको भनाइ छ ।

बाँसजन्य सामग्री उत्पादनका लागि उद्योग खुल्दै

गरिबी निवारणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका लागि उद्योग स्थापनाको कामलाई तीव्रता दिएको हो । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले उद्योग स्थापना गर्न लागेको हो । उद्योग स्थापनाका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।” आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा स्थापना हुने उक्त उद्योगका लागि दुई वटा भवन निर्माण गरिएको छ ।

https://barnanmedia.com/detail/1686966661-b-u-l-u-l-fj-23-06-17

नवौँ चुरे संरक्षण दिवस मनाइँदै

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ ।

समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो । 

https://barnanmedia.com/detail/1686967569-i-lv-23-06-17

लागुऔषध नियन्त्रण गर्न ‘एक्सन टिम’ परिचालन

बनेपा नगरपालिका–८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपा र लागुऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो । बिहीबार राति ८ बजे उनीहरुबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु एक थान, रु तीन लाख १९ हजार र आइफोन–११ एक थान बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवैलाई शुक्रबार जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

ललितपुरमा बस दुर्घटना ,१८ जना घाइते

ललितपुरमा बस दुर्घटना भएको छ ।

बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।

प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । 

झिम्पामा विशेषज्ञ अस्पताल निर्माण हुँदै

स्थानीय तहले काम गर्नुपूर्व तत्कालीन निसीखोला गाउँपालिकामा चार मात्रै स्वास्थ्यचौकी थिए । छरिएको बस्ती, एकदेखि अर्को ठाउँसम्म पुग्न घण्टौँ लाग्ने हुँदा यहाँका अधिकांश नागरिक स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा थिए ।

जब स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेपछि निसीखोलाका वडा–वडामा स्वास्थ्य संस्था स्थापना भएर सञ्चालनमा आएका छन् । स्थानीयले सामान्य उपचार गाउँ नजिकैको स्वास्थ्य संस्थामा गराउन पाए पनि जटिल प्रकारको उपचार गराउन कि त बुर्तिबाङ पुग्नुपर्छ कि भने ठूला सहरका सुविधायुक्त अस्पतालमा पुग्नुको विकल्प छैन ।

काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने ५६ काउण्टर थपियो

काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो । यसअघि काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो । 

१२ वर्षपछि मूल नहरबाटै पानी सञ्चालन

कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुसी छन् ।

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरु खुसी हुन् ।

भरतपुरको वडा नम्बर १३ बालमैत्री घोषणा

भरतपुर महानगरपालिका–१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमका बीच वडालाई बालमैत्री घोषणा गर्नुभएको हो । वडाध्यक्ष प्रकाश दवाडीलाई महानगर प्रमुख दाहालले घोषणापत्र हस्तान्तरण गर्दै बालमैत्री घोषणा गर्नुभएको हो । बालमैत्री बन्नका लागि आवश्यक ५१ सूचक पुरा गरेसँगै यस वडालाई घोषाणा गरिएको हो । विसं २०७६ सालमा भरतपुर महानगरको वडा नम्बर १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । वडा नम्बर १३ महानगरको बालमैत्री घोषणा गर्ने दोस्रो वडा बनेको छ ।

बर्सेनि किसानलाई मलकै चिन्ता

खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।

धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ । ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको छ 

मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर

मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

अझै बनेन दोदा नदीमा पक्की पुल

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ ।

निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् । वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक पटक म्याद थप हुँदा पनि अहिलेसम्म पक्की पुल निर्माण हुन सकेको छैन । पक्की पुलको पिल्लरको फाउण्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण रोकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पियुष चटौतले जानकारी दिनुभयो ।

कमलाको दुखः तीन मिनेटको बाटो डेढ घण्टा

शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा हुनुहुन्थ्यो । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उहाँ निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो ।

त्यस्तै हतारमा हुनुहुन्थ्यो रामदेव महतो पनि । हतार गरेर के गर्नु ! उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदि छेउमा पुगेर रोकिनु थियो । 

क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ ।

सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ । क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुग्नु भएको छ ।

प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गर्नुभएको थियो । गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आउनुभएको छ ।

नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण पुष्टि

एक जनामा एमपक्सको लक्षण देखिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि नमूनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा एमपक्स संक्रमण पुष्टि भएको हो ।

रुसले आणविक हतियार बेलारुस पठायो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाउँनु भएको द हिलले उल्लेख गरेको छ।

सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताउँनु भएको छ। युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ। बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले "रूसबाट बम र मिसाइलहरू" को पहिलो भाग प्राप्त गरेको बताउनु भएको छ । लुकाशेन्कोले रुसी र बेलारूसी राज्य मिडियालाई भन्नु भएको छ- "हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रूसबाट प्राप्त गरेका छौं ।

खोटाङमा ‘पीडित पुनः भेट कार्यक्रम–२०८०’

जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा ‘पीडित पुनः भेट कार्यक्रम–२०८०’को सुरुआत गरेको छ ।

पीडित व्यक्ति तथा समुदायको वर्तमान अवस्था, कानुनी उपचार तथा क्षतिपूर्ति पाए÷नपाएको बुझ्न र नपाएको भए दिलाउन पहल गर्ने उद्देश्यका साथ जिल्लाका दशवटै स्थानीय तहमा प्रहरीले शुक्रबारदेखि पीडित पुनः भेट कार्यक्रम–२०८० सुरुआत गरेको हो । औपचारिकरुपमा सुरुआत गरिएको पीडित पुनः भेट कार्यक्रमका लागि जिल्लाका दशवटै स्थानीय तहमा एक÷एकजना तथा जिल्ला प्रहरी कार्यालय खोटाङमा एकजना गरी जम्मा ११ पीडित सम्पर्क अधिकृत तोकिएको प्रहरीले जनाएको छ ।

अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित

दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।

आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कल गरेका छन् ।

किसानको उत्पादन सङ्कलन केन्द्रमा

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका¬–५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो । तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्धसमेत मिलाइएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । तरकारी सङ्कलन केन्द्र सञ्चालनको जिम्मेवारी कृष्णबहादुर श्रेष्ठलाई दिइएको छ । सङ्कलन केन्द्रमा किसानद्वारा उत्पादित गोलभेँडा, काँक्रो, साग, करेला, सिमीलगायत तरकारी राखिएको छ ।

मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुग्नुभएका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “

भक्तपुरमा ट्राफिक सचेतना कक्षा शुभारम्भ

ट्राफिक कारबाहीमा परेकाले जरिवाना तिरेर लिने सचेतना कक्षाका लागि अब काठमाडौँस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जानु नपर्ने भएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरममा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ । मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको, लेन अनुशासन उल्लङ्घन गरेको, तीव्र गति र रातोबत्ती उल्लङ्घन गरी कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टा सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।

प्रदेश बजेट : छुट्टै बैंक खोल्नेदेखि लगानी सम्मेलन गर्नेसम्मका योजना

सबै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् ।

कोशी प्रदेशले गत बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ भने बाँकी छ प्रदेशले शुक्रबार प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारकै बजेटको आकार घट्दा प्रदेशमा पनि त्यसको प्रभाव देखिएको छ । लुम्बिनीबाहेक सबै प्रदेशले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार घटाएका छन् । केन्द्र सरकारले आगामी आर्थिक वर्षको बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम राखेपछि पक्ष र विपक्षको बहस अझै चलिरहेको छ ।

https://barnanmedia.com/detail/1686991713-b-b-l-l-l-li-23-06-17

पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनु पर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आयोजना गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन कार्यक्रममा मन्त्री किरातीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । “नयाँ जहाज किन्ने तयारी भइरहेको छ । घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ”, उहाँले भन्नुभयो । जहाज उडानका लागि विभिन्न नयाँ रुटका विषयमा कुराकानी भइरहेको मन्त्री किरातीले बताउनुभयो । “कनेक्सन फ्लाइटबाट विदेशबाट आउनेलाई सिधै गन्तव्यमा जाने व्यवस्था गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । सञ्चारकर्मीले असत्य कुरा मात्र प्रचारप्रसारमा बढी ध्यान दिएको उल्लेख गर्दै मन्त्री किरातीले त्यसतर्फ सचेत हुन सबैमा आग्रह गर्नुभयो ।

दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड

गण्डकी प्रदेश सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको छ ।

अर्थमन्त्री जितप्रकाश आलेले सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै राजस्व परिचालन र सुधारका लागि सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको बताउनुभयो । राजस्वका स्रोत र क्षेत्र विश्लेषण, सम्भावित आधारको पहिचान, राजस्व सम्भाव्यता अध्ययन, राजस्व चुहावट नियन्त्रण र राजस्व प्रशासनमा सूचना प्रविधिको अधिकतम उपयोग गरी दिगो, फराकिलो र चुस्त राजस्व प्रणाली विकासमा जोड दिइएको उहाँले बताउनुभयो । 

https://barnanmedia.com/detail/1686992921-l-l-km-23-06-17

‘सफलता सम्भव छ’ पुस्तक लोकार्पण

लेखक डा बुद्धि मल्लद्वारा लिखित पुस्तक ‘सफलता सम्भव छ’ को आज लोकार्पण गरिएको छ ।

शिखा बुक्सले यहाँ आज आयोजना गरेको कार्यक्रममा नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, एनएमबि बैंकका सिइओ सुनिल केसी, समीक्षक डा मदन विष्ट, पत्रकार रोहित भण्डारी र लेखक डा मल्लले संयक्तरूपमा सो पुस्तकको लोकार्पण गर्नुभयो । नबिल बैंकका अध्यक्ष पौड्यालले पुस्तक अध्ययन गरिसकेपछि मानिसलाई जीवनमा केही सफल काम गर्नका लागि प्रेरणा जनाउने भएकाले सबैलाई अध्ययन गर्न आग्रह गर्नुभयो । एनएमबि बैंकका सिइओ केसीले भन्नुभयो, “पुस्तकले सकारात्मक ऊर्जा जगाउने काम गरेको छ ।”