सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

कांग्रेस जागरणमा, तरुण दल लफडामा

२५-भाद्र-२०७६ | ०५:१९:५८ pm

काठमाडौं । नेपाल तरुण दलभित्र अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच रहेको विवाद सतहमा आएको छ । तीन वर्षे कार्यकाल सकिनै लाग्दा अध्यक्ष बस्नेत र महासचिव शाहीबीच विवाद चुलिएको छुट्टाछुट्टै निर्णय गर्ने क्रम चुलिएको छ ।

महासचिव शाहीले मंगलबार गरेका दुई वटा निर्णयलाई अध्यक्ष बस्नेतले खारेज गरिदिएका छन् । महासचिवले गरेका निर्णय अध्यक्षले खारेज गरेपछि विवाद छताछुल्ल भएको हो ।

महासचिव शाहीले तरुण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको कारबाही फुकुवा र तरुण दल सप्तरीको अध्यक्षमा सीताप्रसाद यादवलाई नियुक्त गरेको विज्ञप्ति आफ्नो फेसवुक वालमा राखेका थिए ।

अध्यक्ष बस्नेतले बुधबार सूचना जारी गर्दै शाहीले गरेका दुई निर्णय खारेज गरेको जनाएका छन् । बस्नेतको सूचनामा ‘महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनाधिकृत रुपमा गरेका निर्णय अस्वीकृत गरिन्छ’ भन्ने बाक्याम्स लेखिएको छ ।

अध्यक्ष बस्नेतले सप्तरीको अध्यक्षमा कसैलाई पनि नियुक्त नगरेको र सगुनको निष्कासन यथावत रहेको सूचनामा उल्लेख गरेका छन् ।

सूचनामा बस्नेतले महासचिव शाहीलाई पदीय मर्यादामा रहन चेतावनी दिएका छन् । सूचनामा भनिएको छ, ‘नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई आफ्नो पदीय जिम्मेवारीको परिधीमा रहन र संगठनको हितविपरीत अशिष्ट व्यवहार र क्रियाकलाप नगर्न यसै सूचनामार्फत सचेत गराइन्छ ।’

तरुण दल अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट र महासचिव शाही नेता रामचन्द्र पौडेल निकटका हुन् । तीन बर्ष अगाडि तरुण दलमा अध्यक्ष र महासचिव भागवण्डामा बनाइएको थियो ।

कांग्रेसले आन्तरिक किचलोका कारण तरुण दलमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष बाहेक अन्य जिम्मेवारी बाँडफाँट गर्न सकेको छैन । अध्यक्षमा बस्नेतलाई, महासचिवमा शाहीलाई, उपाध्यक्षमा सिटौला निकटका उत्तम चापागाईंलाई र कोषाध्यक्षमा खुमबहादुर खड्का निकट विद्वान गुरुङलाई नियुक्त गरिएको थियो ।

उनीहरुको तीन वर्षे कार्यकाल आगामी कात्तिकमा सकिँदै छ । यसबीचमा मिलेर काम गरेको जस्तो देखिए पनि कार्यकाल सकिने बेला भने उनीहरुको विवाद सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार