बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
प्रदेश

खाना पकाउने ग्याँस सस्तो बनाउने सरकारको तयारी: आपूर्तिमन्त्री यादव

२५-भाद्र-२०७६ | ०४:०६:४० pm

काठमाडौं,बर्णन संवाददाता। बर्तमान सरकारले खाना पकाउने एलपी ग्याँस पनि छिट्टै विशेष सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ।

यो कुरा नेकपाका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आयश्रोत भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले खाना पकाउन ग्याँस छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराएका हुन्।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको अवसरमा बुधबार काठमाडौंमा प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादबले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भएर निकै अगाडि बढिसकेको कुरा स्पष्ट पारे।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा अनेकौ कानुनी जटिलता आउने गरेको मन्तव्यमा स्मरण गर्दै ती सवै समस्या एक एक गर्दै समाधान गरेर सरकार अगाडि जान तयार रहेको बताउदै व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई अझै व्यवस्थित गर्ने कार्यलाई सहज ढंगले अघि बढाईरहेको दावी गरे।

सम्बन्धित समाचार