टोपबहादुर रायमाझीको सांसद पद निलम्बन,सांसदको हैसियतमा कुनै गतिविधि गर्न नपाउने

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न ठहरिएका एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतस् निलम्बन भएको छ ।काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रामयमाझी सांसदबाट निलम्बित भएका हुन् । संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उनको पदै जान्छ र उनी निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन्छ ।

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ । अब अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनेछैनन् ।निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधासमेत पाउनेछैनन् ।नक्कली भुटानी शरणार्थी प्रकरण पुर्पक्षका लागि थुनामा पठाएसँगै टोपबहादुर रायमाझीको सांसद पद गएको छ। यसअघि एमालेले सचिव पदबाट रायमाझीलाई निलम्बन गरेको थियो ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ। नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित लक्ष्मी महर्जन र टंक गुरुङबाहेक बाँकी १६ जनालाई कारागार सजाय भएको हो ।जिल्ला अदालत काठमाडौंको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्तलाई केन्द्रीय कारागारका दुई छुट्टाछुट्टै भवनमा राखिएको छ । यो प्रकरणका अन्य १२ अभियुक्त फरार छन् ।