मंगलबार, माघ ०७, २०७६ | Tuesday, January 21, 2020

काठमाडौँ
नेकपाबाट ११ बुँदे आचारसंहिता जारी : महिला हिंसा गरे तत्काल निष्कासित हुने   * भ्रष्टाचार गरेर महादेशकै धनी बन्न सफल महिलाको कर्तुत खोले पत्रकारले   * २०५० सम्ममा १० लाख मानिस मंगल ग्रह पठाउने तयारी   * विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल   * जेपी नड्डा बने बीजेपीका अध्यक्ष   * प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु   * नेकपाका ११ सन्देश कार्यकर्तालाई भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितता नगर्नु   * व्यक्ति प्रशंसा गर्नुहोस तर प्रधानमन्त्रीको बारेमा सोच्नुहोस   * नेप्से साढे २६ अङ्कले ओरालो   * सैनिक, निजामति, प्रहरी पछि शिक्षक अस्पताल बन्ने, हे राम जनताका अस्पताल कहिले बन्ने   *
मंगलबार, माघ ०७, २०७६ Tuesday, January 21, 2020
मुख्य​ समाचार

नेकपासँग हृदयश त्रिपाठीको समुह आक्रोसित , अर्कै पार्टी खोल्ने तयारी !

२५-भाद्र-२०७६ | ११:५५:४७ am

काठमाडौं, बर्णन संवाददाता। संघीय चुनावको बेला सूर्य चुनाव चिन्ह लिई निर्वाचन लडेका मधेसवादी नेता भनेर चिनिएका हृयदेश त्रिपाठी, ब्रजेस गुप्ता, पशुपति दयाल मिश्र, इश्वर दयाल मिश्र, अजय शाही लगायतका समुह नेपाल कम्युनिस्ट पार्टीसँग आक्रोसित भएको खवर छ।

उक्त समुहले यसअघि, नेपाल कम्युनिस्ट पार्टी नेकपासँग पार्टी एकीककरणकोलागि धेरै पटक औपचारिक र अनौपचारिक कुराकानी गरेको थियो। तर नेकपाका जिम्मेवार नेताहरुले उक्त समुहको कुरालाई त्यती महत्व दिएनन् भन्ने गुनासो संचारकर्मीहरुसंग व्यक्त गरेका छन्। समाचार अनुसार नेता त्रिपाठीले नेकपाको केन्द्रीय तहमा पदाधिकारी मागेका थिए। साथै समुहका ४ जना सदस्यलाई भने केन्द्रीय सदस्य बनाउन अनुरोध गरेका थिए तर त्रिपाठीको समुहको मागलाई पार्टीका शिर्षस्थ नेता प्रधानमन्त्री र प्रचण्डले दुबैले वास्ता गरेनन्।

यति भएर पनि यो समुह केही समय धैर्य गर्दै हेर र पर्खको स्थितिमा बसेको निकै समय गई सक्दा पनि ओली र प्रचण्ड लगायतका नेताहरुले त्रिपाठी समुहका सदस्यहरुलाई बोलाएर छलफल सम्म गर्ने चासो नराखेको कारण नेकपाका नेताहरुबाट अत्यन्त अपमानित भएको महसुस गर्दै ह्यृदेश त्रिपाठी समुहले मंगलबार काठमाडौमा आफ्नो असन्तोष पोख्न एक भेला गर्‍यो। यस भेलामा उपस्थित २६ जना नेताले १७ बुँदे माग राखी सत्ताधारी र प्रतिपक्ष पार्टी समक्ष राख्ने निर्णय गरेको छ। भेलामा त्रिपाठीले पार्टीले मागको उचित संवोधन नगरेमा देशभर समान्तर संगठन विस्तार गर्दै ७७ वटै जिल्लामा जिल्ला समिति तथा ७ प्रदेशमा प्रदेश समिति गठन गर्ने घोषणा पनि गरे। निकट भविष्यमा बिकल्पको रुपमा नयाँ पार्टी खोल्नेसम्मको निर्णय भएकोले नियमित छलफल र बैठक बस्न अनुकुल हुनेगरी एक काठमाडौको उपयुक्त ठाउँमा सम्पर्क कार्यालय खोल्न लागिएको समेत त्रिपाठीले स्पष्ट पारे ।
भेलामा प्रतिनिधिसभाका दुई सांसद त्रिपाठी, गुप्ता तथा प्रदेश ५ का दुई सांसद अजय शाही तथा धर्मबहादुर श्रीवास्तवको उपस्थिति रहेको थियो। यसैगरी सो भेलामा ईश्वर दयाल मिश्र, पशुपति दयाल मिश्र, अर्जुन थापा मगर, मोहम्मद साविर कर्सी लगायतका नेताहरूको उपस्थिति थियो। उनीहरू मध्ये धेरैजसो नेता यसअघि राष्ट्रिय जनता पार्टी (राजपा ) नेपालमा आवद्ध थिए। चुनावको मुखमा उनीहरूले राजपा छाडेका थिए।

सूर्य चुनाव लिइ निर्वाचनमा भाग लिए पनि आफू नेकपासँग सम्बन्धित नभएको ठोकुवा गर्दै कुनै राजनीतिक पार्टीमा सम्बद्ध नभई स्वतन्त्र अवस्थामा रहेको उनले दावी गरे।। उनले भने ‘अहिले पनि हामीले नयाँ पार्टी सम्म गठन गर्न सक्ने सम्म मोडमा पुगेका छौ ।
कानुनी रुपमा कुनै हामीलाई कुनै समस्या आउँदैन’। त्रिपाठीले भने ‘विगतको उदाहरण दिदै भने एक पटक पद्मरत्न तुलाधरले सूर्य चुनाब चिन्ह लिइ चुनाव लड्नु भएको थियो तर उहाँ तत्कालिन एमालेको सदस्य कहिल्यै हुनु भएन’। अर्को पार्टीको चुनाव चिन्ह लिइ चुनाव लड्न सक्ने कानुनमै व्यवस्था भएको बताउँदै आफूहरु र नेकपा अलग अलग भएको दावी गरे।

सम्बन्धित समाचार