अष्ट्रेलियामा चर्चित आप्रावासी एजेन्ट निशान्त शर्मा बने न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता

निशान्त शर्मा अष्ट्रेलियामा चर्चित आप्रावासी एजेन्ट हुन। शर्मा अहिले अष्ट्रेलियाको न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता बनेका छन् ।

प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका सिईओसमेत रहेका शर्मा विगत ६ वर्षदेखिको निरन्तर संकल्प र अटल दृढसंकल्पका कारण आज यो सफलतामा पुगेका हुन् ।

निशान्त नेपालका वरिष्ठ कलाकार लव शर्माका छोरा हुन् । उनी यसअघि नै अष्ट्रेलियामा पटक–पटक सर्वोत्कृष्ट आप्रावासी एजेन्टको उपाधिबाट सम्मानित भैसकेका छन् । आफ्नो पेशा र व्यवसायमा उत्कृष्टता प्रदान गरेकै कारण उनी हजारौंको मन जित्न सफल भएका हुन् ।

आजबाट भने आफूले कानूनी क्षेत्रमा छुट्टै स्थान बनाउनेगरि पाईला चालेको उनको भनाई छ । शर्माको यो उपलब्धि उनको व्यक्तिगत सफलतामात्रै नभएर अष्ट्रेलियामा रहेका नेपाली समूदायको लागि पनि ठूलो खुशीको विषय हो ।

शर्माको यो सफलताको खुशी साट्नको लागि उनका अभिभावक र प्रेरणाका स्रोत प्रसिद्ध अधिवक्ता डा। शमशेर थापा आँफै शर्मासँगै अदालत पुगेका थिए । शर्माले आफू आजको यो स्थानमा आईपुग्नको लागि डा। थापाकै मार्गनिर्देशन कोशेढुंगा सावित भएको बताउँदै आएका छन् ।