बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
प्रदेश

विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ

२५-भाद्र-२०७६ | ११:२२:०० am

चितवन भरतपुर । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशलाई चितवन मेडिकल कलेजबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।

चितवन मेडिकल कलेजका विद्यार्थीलाई जबरजस्ती अगाडि सारेर केहीदिनदेखि आन्दोलन चलाउँदै आएका प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीलाई पनि पक्राउ गरिएको शर्माले बताए ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि प्रकाशसहितका विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकाशले सोही चितवन मेडिकल कलेजबाट एमबीबीएसको पढाइ निःशुल्क पूरा गरेका थिए ।

प्रकाशले मेडिकल सञ्चालकलाई भौतिक कारबाही गर्ने र मेडिकल कलेजकै गेटमा ल्याएर झुण्ड्याउनेसम्मको चेतावनी सार्वजनिक रुपमा दिएका थिए । हर्कत र गतिविधिलाई नजिकबाट नियाली रहेको चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार