दाङ जीप दुर्घटना अपडेट: चालकको मृत्यु, ६ यात्रु गम्भीर घाइते
दाङको तुलसीपुर उपमहानगरपालिका–३, शिरखोलामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ६ यात्रु गम्भीर घाइते भएका छन् ।
तुलसीपुरदेखि रोल्पा गंगादेव गाउँपालिका- १ ओतका लागि छुटेको जिप दुर्घटना हुँदा चालक गंगादेव– १ निवासी अन्दाजी ३२ वर्षीय विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया