यौन दुर्व्यवहारको घटनामा नेपाल प्रहरीका एसएसपी पाल निलम्बन

काठमाडौं। महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनको निलम्बनका लागि बिहीबार गृह मन्त्रालयमा पत्राचार गरेको हो । शुक्रबार गृहले निलम्बन गरेको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरमा प्रमुखका रुपमा कार्यरत रहँदा उनले गत १९ जेठमा महिला हवल्दारलाई आफ्नो निवासमा बोलाएर दुव्र्यवहार गरेका थिए । महिला हवल्दारको उजुरीको आधारमा छानबिन गर्दा आरोपमा सत्यता देखिएको हो । उनलाई सोही दिन नै जिम्मेवारीबाट हटाइएको थियो ।

बिदामा जान लागेकी हवल्दारलाई बोलाएर गुड फ्राइडे मनाउँदै भन्दै आफुसँगै बस्न भनेका थिए । अन्य महिला प्रहरीले पनि उनीविरुद्ध गुनासो गरेका छन्।एसएसपी पाल यसअघि पनि यस्ता गतिविधिमा कारबाहीमा पर्दै आएका अधिकृत हुन् । गुप्तचरबाट पावरका भरमा प्रहरीमा स्थानान्तरण भएका पाल सधैं विवादमा पर्दै आएका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरमा प्रमुखका रुपमा कार्यरत रहँदा उनले गत १९ जेठमा महिला हवल्दारलाई आफ्नो निवासमा बोलाएर दुव्र्यवहार गरेका थिए । महिला हवल्दारको उजुरीको आधारमा छानबिन गर्दा आरोपमा सत्यता देखिएको हो ।

एसएसपी पाल यसअघि पनि यस्ता गतिविधिमा कारबाहीमा पर्दै आएका अधिकृत हुन् । गुप्तचरबाट पावरका भरमा प्रहरीमा स्थानान्तरण भएका पाल सधैं विवादमा पर्दै आएका छन् ।