बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
अन्तर्राष्ट्रिय

इराकी प्रार्थनास्थलमा भागदौड मच्चिँदा ३१ को मृत्यु

२५-भाद्र-२०७६ | ०७:०५:१५ am

बग्दाद । इराकी शहर कार्बालामा मङ्गलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको इराकी अधिकारीले जनाएका छन् । उक्त घटनामा भागदौडका क्रममा कम्तीमा १०० जना घाइते भएका पनि बताइएको छ ।

“सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बग्दादबाट करिब १०० किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भागदौडका कारण ३१ जनाको मृत्यु भएको छ भने कम्तीमा १०० जना घाइते भएका प्रारम्भिक जानकारी आएको छ,” इराकी प्रहरीलाई उद्धृत गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैयफ अल–बादरले बताए ।

घटनास्थलबाट केही धर्माबलम्वीहरूलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको जनाउँदै घटनामा मृत्यु हुनेको सङ्ख्या केही बढ्नसक्ने उनले बताए ।

कार्बालामा रहेको सिया मुसलमानको उक्त पवित्रस्थलमा हरेक बर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन् । कसुरा पैगम्बर मोहम्मदका नाती हुसैनको मृत्युको सम्झनामा गरिने प्रार्थनासभा हो । एजेन्सी

सम्बन्धित समाचार