बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
राजनीति

जिपी कोइराला फाउण्डेशन पोर्चुगलमा

२५-भाद्र-२०७६ | ०६:५६:३६ am

प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष पूर्वप्रधानमन्त्र्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जिपी कोइराला फाउण्डेशनको शाखा पोर्चुगलमा गठन गरिएको छ । राजधानी लिस्बनमा आयोजित एक कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका पूर्वउपाध्यक्ष सुशील शर्मा गैरेको संयोजकत्वमा नौ सदस्यीय जिपी कोइराला फाउण्डेशन गठन गरिएको हो ।

एक सय ६औँ बिपी जयन्तीका अवसरमा पारेर आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नारायण अर्यालले नवगठित समितिको घोषणा गरेका थिए । समितिको सहसंयोजकमा युवराज पन्थी रहेका छन् भने सचिवमा सीता बराल रहेकि छिन् । समितिको सदस्यहरुमा प्रमोद पोखरेल, विष्णु सापकोटा, जीवन सुवेदी, टेक खत्रीलगायत रहेका छन् । बाँकी दुई सदस्य पछि मनोनीत गरिने समितिले जनाएको छ ।

समितिको सल्लाहकारमा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेश गुरुङ र कुबेर कार्की, जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरे, नेपाली काङ्ग्रेस महासमिति सदस्य चीजकुमार तामाङ, महाधिवेशन प्रतिनिधि सुरेन्द्र अम्गाईं र पत्रकार नारायण अर्याल रहेका छन् ।

सम्बन्धित समाचार