शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   * देउवाले दिए कडा निर्देशन, भारतविरुद्ध चुइक्क नबोल्न उर्दी   * भगाएर विवाह गर्दा किशोर पक्राउ   * कसरी घटाउने कोलेस्ट्रोल ?   * पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुल्यो विज्ञापन, ६१ जनाको लागि अवसर   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
खेलकुद

नेपालद्वारा युएईलाई २८६ रनको चुनौती

२४-भाद्र-२०७६ | ०४:२३:४१ pm

श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि २८६ रनको चुनौती दिएको छ ।

श्रीलङ्काको कटुनायक स्टेडियममा भएको खेलमा नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २८५ रनको योगफल बनायो । नेपालका लागि यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

समूह बी मा दुई खेल गुमाएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।

टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ५३ बल खेलेका उनले ६ चौकाको मद्दतमा ६७ रन बनाएका हुन् ।

त्यस्तै सन्दिप जोराले ४८ रन बनाउँदा आशिफ शेखले ४५, राशिद खानले ४४, कमल सिहले ४१ तथा कौशल मल्लले २२ रन जोडे । बलिङतर्फ आकाशा ताहिर र सञ्चित शर्माले तीन तीन विकेट लिए भने पलानीपान मैयाप्पानले दुई विकेट झारे । त्यस्तै रिसब मुखर्जीको नाममा एक विकेट रह्यो ।

यस समूहबाट आयोजक श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल पुगिसकेको छ । नेपाल र युएईविरुद्वको पछिल्लो पाँच खेलको नतिजा हेर्दा नेपालले चार खेलमा जित हात पारेको छ भने एक खेलमा युएई विजयी भएको छ ।

Leave a Reply

सम्बन्धित समाचार