कालोमोसो दलेर दुर्व्यवहार गर्ने नेविसंघ मोरङका जिल्ला सभापति पक्राउ

काठमाडाैँ। नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का मोरङ जिल्ला सभापति पक्राउ परेका छन् ।

नेविसंघ जिल्ला सभापति सरोज पोखरेललाई प्रहरीले बुधबार पक्राउ परेका हुन् । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सभापति पोखरेल लगायतले विश्वविद्यालयमा अराजकता भएको भन्दै सेवा आयोगका अध्यक्ष दाहालमाथि सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए। घटना बाहिरिएपछि चौतर्फी विरोध भइरहेको छ ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।