बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
अर्थ वाणिज्य

योगेश भट्टराइको पहिलो गास मै ढुंगा

२४-भाद्र-२०७६ | ०१:३१:४७ pm

पशुपतिनाथ मन्दिर परिसरमा हुने साँझको आरतीमा अघि राष्ट्रगान बजाउन छाडिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा आरती अगाडि राष्ट्रगान बजाउन थालिएको थियो । तर संस्कृतिविदहरुले नै त्यसको आलोचना गरे ।

पशुपति आरती समितिले सोमबार भने आरती अगाडि राष्ट्रगान बजाएन । पशुपति विकास कोषले निर्देशन आयो भनेपछि हामीले राष्ट्रगान बजाएर परीक्षण गरेका थियौं’, समितिका सदस्य रमेश पोखरेल भने, ‘तर, विभिन्न टिकाटिप्पणी भएकाले बजाउन छाडिएको हो ।’

उनले भने, २०६४ सालदेखि बाग्मतीप्रति सचेतना, पशुपतिप्रति सम्मान गर्न सुरु गरिएको हो र, त्यही रुपमा चलिआएको थियो । हामी विवादमा फस्न चाहन्नौं ।

उनकाअनुसार अहिलेसम्म यसबारे समितिले लिखित निर्देशन समेत पाएको छैन । राष्ट्रगानप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले लिखित निर्देशन आएको अवस्थामा पनि विज्ञहरुसँग परामर्श गरेर मात्र निर्णय लिइने बताए ।
भगवान चराचर जगतको मालिक हुने मान्यता छ तर राष्ट्र्गानको महत्ता देशभित्रमात्र रहन्छ । यसअर्थमा संस्कृतिविदहरु्बाट यस्तो टिका टिप्पणी भएको हो ।
मन्त्री बनेपछि आफ्ना भावि योजना प्रमुख प्रतिपक्षदलको नेतालाई देखाउने र भरतपुर विमान स्थलमा विपक्षको नेतालाई फूल दिएपछि मात्र मलाई भनेर नाम कमाएका भट्टराइले  यो आदेश दिनु एक प्रकारले आलोच्यकाे आधार हाे ।
राष्ट्र्प्रेम एउटा विषय होला तर खानाखानेबेलामा स्थान शुद्धिका लागि औसेनी हाल्ने बेलामा ॐ भूपते नम, ॐ भूवनपते नम, ॐ भूतानाम पते नमः भन्नु पर्नेमा राष्ट्र्रगान गाउन आदेश दिन थालेर मन्त्रीपदमा सफलता पाइदैन ।

सम्बन्धित समाचार