सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

उद्योगमन्त्री यादव एक्लैलाई तीनवटा गाडी, विभागको गाडीमा सल्लाहकारको रजाई

२४-भाद्र-२०७६ | ०१:२०:२९ pm

श्यामसुन्दर पुडासैनी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पदको दुरुपयोग गर्दै तीन वटा गाडी एक्लै प्रयोग गर्दै आएका छन् । आवश्यककता भन्दा बढी तीन वटा गाडी उनी एक्लैले प्रयोग गर्दै आएको मन्त्रालयले बर्णन मिडियालाई उपलव्ध गराएको विवरणमा उल्लेख छ ।

यसअघि व्यस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले प्रधानमन्त्री कार्यालयदेखि सबै मन्त्रालयसँग सवारीसाधनको विवरण माग गर्दै सरकारी गाडीको दुरुपयोगप्रति चासो देखाएको थियो । समितिले दुरुपयोग रोक्न आग्रह गरेपनि उद्योग मन्त्रीले भने संसदलाई टेरेका देखिदैन ।

 

मन्त्रालयबाट प्राप्त विवरण अनुसार मन्त्री यादवले आफ्नै नाममा तीन वटा गाडी लिएका देखिन्छ । उनले आफ्नो नाममा तीनवटा गाडी लिएको तथ्यांकमा देखाएपनि आफ्ना आसेपासेलाई चढ्न दिएको भेटिएको छ ।

बा २ झ १०७३ नम्बरको सोनाटा कार, बा २ झ २३४६ नम्बरको टाटा स्ट्रोम जीप र बा २ ज ३०९१ नम्बरको टोयोटा रेफो मन्त्री यादवले प्रयोग गर्ने गरेको मन्त्रालयले जनाएको छ ।

एकै मन्त्रीलाई ३ वटा गाडी किन ?

आवश्यकताकै कारण मन्त्रीले तीनवटा गाडी प्रयोग गरेको मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सहसचिव पुष्पराज शाहीले दावी गरे । तर, मन्त्री यादवले आफ्नो नाममा लिएको तीन मध्ये एक वटा मात्र गाडी चढ्ने गरेका छन् ।

बाँकी २ वटा गाडी आफू निकटकालाई चढ्न दिने गरेका छन् । ‘एकै जनालाई तीन वटा गाडी किन चाहियो ? उनका आसोपासेले सरकारी गाडीमा मस्ति गरिरहेका छन्,’ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्री यादवले आफ्ना सल्लाहकार र सहयोगीको नाममा समेत सरकारी गाडी दिलाएका छन् । सल्लाहकार विश्वप्रकाश सुवेदीले बीएए ३९७३ नम्बरको गाडी चढ्छन् ।

विभागको गाडी खोसेर सल्लाहकारलाई

यस्तै उद्योग मन्त्री यादवले मात्र नभई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पनि पदीय दुरुपयोग गर्दै सरकारी गाडी आसेपासेलाई बाँडेका छन् । स्वास्थ्य सेवा विभागका उच्च अधिकारीले चढ्ने गाडी खोसेर मन्त्री यादवले आफ्ना सल्लाहकार तथा सहयोगीलाई गाडी दिएका हुन् । सवारी सेवा सुविधा पाउनुपर्ने विभागका उच्च पदाधिकारीहरु भने सवारी विहीन छन् ।

उनका सल्लाहकारहरूले समेत मंहगा गाडी प्रयोग गर्दै सुविधा लिएको पाइएको छ । आफू निमुखा जनताको नेता भएको र जनताकै सेवा र सुविधाको लागी आजीवन लाग्ने भन्दै भाषण गर्दै आएका मन्त्री यादवले काम नै नभएका सल्लाहकारलाई नियम विपरितका बिलासी सेवा सुविधा दिलाएका हुन् ।

मन्त्रालयमा महंगा गाडीहरु पाँचवटा बिग्रिएर थन्किएको अवस्थामा तिनलाई मर्मत नगरी नयाँ खरिद गरेर मन्त्री यादवले नितीगत भ्रष्टाचार गर्दै सल्लाहकार तथा आसेसासेलाई पोस्दै आएको मन्त्रालय स्रोतले जनायो ।

मन्त्री यादवका सल्लाहकार डा. कृष्णकुमार राई र प्रेस सल्लाहकार भक्त थापाले सवारी सुविधा लिँदै आएका छन् । सल्लाहकार राइलार्ई करोडौं मूल्य पर्ने बा १झ ८४७५ नम्बरको प्राडो प्रयोग गर्न दिएका हुन् ।

मन्त्री यादवले प्रेस सल्लाहकार थापालाई समेत बा १ झ ८५१७ नम्बरको सुजुकी जीप दिलाएका छन् । प्रेस सल्लाहकार थापाले गत पुषमा नियुक्त भएदेखि नै गाडी सुविधा लिएका हुन् । डा. राई गएको प्रतिनिधिसभा चुनावअघि कांग्रेसबाट संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए ।

खोटाङबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार समेत बनेका राई वाम गठबन्धनका विशाल भट्टराईसँग पराजित भएका थिए । उनी गएको साउनमा मन्त्री यादवको सललाहकारमा नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार