सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश नं ३

चोरी गरेको आरोपमा एक महिला काठमाडौमा पक्राउ

२४-भाद्र-२०७६ | १२:०३:१२ pm

 

काठमाडौँ, बर्णन संवाददाता।

चोरी गरेको आरोपमा एक महिलालाई महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले पक्राउ गरेको छ। राजधानी काठमाडौको बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक / पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी हाम्रा संवाददातालाई जानकारी दिए।

घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा सामान हराउने गरेको भन्दै डा.रुपक घिमिरेले नजीकै प्रहरी कार्यालयमा उजुरी गरेपश्चात् घरमा जडान गरेको सिसी क्यामेराको सहायताबाट प्रहरीले उक्त महिला चोरीमा संलग्न भएको सप्रमाण फेला पारेको हो ।

प्रहरी निरीक्षक गिरीका अनुसार चोरीमा आरोपी महिला सङ्गीता डा. घिमिरेको घरमा निकै समयदेखि घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन्। घरमा कोही नभएको अवसर छोपेर महिलाले घरको सेफमा राखेको सुनका गहना, विदेशी मुद्रा तथा नगद गरी रु पाँच लाख मूल्य बराबरको सामान चोरी गर्दै सुन पसल बिक्री गर्ने देखि मनि एक्सचेन्जमा गएर अवैधरुपमा सटहीसम्म गर्ने गरेको प्रारम्भिक अध्ययन अनुसन्धानबाट खुलेको छ।

आरोपी सङ्गीताको बयानको आधारमा अवैधरुपमा सुन खरिद गर्ने करुण सुनचाँदी पसल सञ्चालक राजन सुनुवार र विदशी मुद्रा साट्ने न्यू नेपाल मनि एक्सचेन्जका सञ्चालक उत्तम भट्टराईलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। उनीहरुलाई आज जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थाल्ने निरीक्षक गिरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार