मधेश प्रदेशका सबै दलले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिए विश्वासको मत, प्रदेशसभा प्रतिपक्षीविहीन

मधेश प्रदेशका सबै दलले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएका छन।नले आफ्नो कार्यकालमा दोस्रोपटक विश्वासका मत लिएका हुन।

उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । कपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरोजकुमार यादवलाई विश्वासको मत दिएकाे हाे।

योसँगै मधेश प्रदेशसभा प्रतिपक्षीविहीन बनेको छ।