शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
राज्य पुनर्संरचनाबारे भट्टराईको नयाँ उद्घोष   * प्रधानमन्त्रीले फायर खोले: सचिवालयका ६ पदमुक्त   * राष्ट्रसंघमा कालापानी लगायतको सीमा विवाद सम्वन्धी विषय प्रवेश   * वामदेव आफ्नै दल (नेकपा) र सरकारलाई किन प्रश्न गर्छन् ?   * उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त   * प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
अर्थ वाणिज्य

नयाँ व्यबस्था अनुसार चेक काट्दा के कुराको ख्याल गरिएन भने कालो सूचिमा परिन्छ ?

२४-भाद्र-२०७६ | १०:१३:३६ am

काठमाडौ ।अब देखि तपाई हामीले काटेको चेकमात्र होइन र चेकबुकको पनि सहि तरिकालेअति हिफाजात गर्नुपर्ने भएको छ ।

खातामा रकम नभएर के भयो ? पैसा जम्मा भइहाल्छ भनेर चेक काट्नु हुँदैन ।व्यालेन्स पुग्छ वा पुग्दैन राम्ररी हेरेर मात्र चेक काटन पर्ने अवस्था आएको छ । त्यससँगै चेकमा आफ्नो हस्ताक्षर मिल्यो वा मिलेन भन्ने विषय पनि अब राम्ररी यकिन गर्नु पर्ने भएको छ। यदी तपाईको हस्ताक्षर मिलेको छैन भने पनि चेक साटीदैन भन्ने त सवैलाई थाहा छ।

त्यस्तो अबस्थामा पनि एकसाताको मात्रै म्याद रहन्छ । चेकमा हस्ताक्षर नमिलेको कारण दुख पाउनु भएको छ भने तुरुन्तै हस्ताक्षर परिबर्तन गर्नूहोस् । अन्यथा तपाईलाई हस्ताक्षर नमिलाएको आरोपमा पनि बैंंकिङ कसुरकै सजाय हुन सक्ने छ।

बैंकप्रतिको विश्वास कायम गर्न बैक तथा बित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक बाउन्स चेकको विषयमा कडा रुपले प्रस्तुत भएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत पैसा नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले एकसाताको म्याद दिने र त्यसपछि कालो सूचिमा राख्ने व्यवस्था गरेको छ ।

बैंकिङ प्रणालीप्रति जनमानसमा विश्वास कायम गर्न यस्तो कडा नीति लिइएको बताइएको छ । निक्षेप खातामा रकम नभएमा वा अपुग भएमा तथा हस्ताक्षर नमिलेमा बैंकले एक साताको समयसीमा भित्र खातावालालाई जानकारी दिनु पर्ने छ । उक्त अवधिमा चेकको रकम भुक्तानी नभए चेक काट्ने व्यक्ति नयाँ व्यवस्था अनुसार कालोसूचीमा पर्ने छ । अब यो विषय बैंकिङ कसुर अन्तर्गतको सजायमा पर्ने भएको हुँदा सर्तकता अपनाएर मात्र चेक काटुन पर्नेछ ।

Leave a Reply

सम्बन्धित समाचार