बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
अर्थ वाणिज्य

आज पेट्रोलियम पाइपलाइनको उद्घाटन ओली र मोदीबाट संयुक्त रूपमा हुदै

२४-भाद्र-२०७६ | ०९:०४:३४ am

काठमाडौँ, धेरै अघिदेखि चर्चा चलेर पुराहुन नसकेको भारतबाट पाइपलाइन मार्फत सिधै नेपालमा पेट्रोलियम पदार्थको आयात गर्ने व्यवस्थाको सपना आजदेखि साकाररुप लिदै छ ।

यो एउटा दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सम्पन्न भएसंगै आजको विश्वमा उद्योग , यातायात , दैनिक उपभोग देखि सामारिक महत्वका इन्धनका साधन पेट्रोलियम पदार्थ पाइपलाइनको माध्यमवाट सहजताका साथ नेपालको भण्डारमा भित्रिने छ ।

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उहाँका भारतीय समकक्षी मोदी दुबैले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पेट्रोलियम पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उहाँका अनुसार दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन हुने छ । दुबै देशका शिषस्र्थ व्यक्तित्ववाट उद्घाटन भएसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको भारतको मोतिहारी देखि नेपालाको अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले वास्तविकरुपमा नै पूर्णता पाउने छ ।

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत नेपालको अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ । यसअघि नै सो पाइपलाइनबाट पेट्रोलियम कसरि आपूर्ति गर्ने कुराको सफल परीक्षण भइसकेको छ ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले उद्घाटनसँगै सो पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति सुरु हुने कुरा संचारकर्मीहरुलाई जानकारी दिए । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट मार्फत स्वीच थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुने छ ।


परीक्षणका क्रममा नै पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने छ । गत साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो । मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घन्टापछि अमलेखगन्ज डिपोमा आइपुगेको थियो ।

सुरक्षाको जिम्मा सेनालाई

नेपाल र भारतबीचको मित्रताको प्रतीकका रूपमा समेत रहेको पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । पाइपलाइनको नेपालतर्फको ३७.५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पारे। उक्त पाइपलाइनको सुरक्षाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रक्षा मन्त्रालयलाई पठाएको प्रस्ताव स्वीकृत भएसँगै पाइपलाइन सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको हो ।प्रवक्ता विज्ञानदेव पाण्डेले पनि पेट्रोलियम पाइपलाइनको सुरक्षा नेपाली सेनालाई दिनेगरी सेनालाई खटाईसकेको जानकारी दिए । ‘केही दिनअघि निर्णय भएर पाइपलाइनको सुरक्षा हाम्रो जिम्मामा आइसक्यो’ नेपाली सेनाका प्रवक्ता पाण्डेले भने, ‘सेनाको टोली गस्तीमा खटिइसकेको छ ।

ढुवानी खर्च न्यूनिकरण हुने

मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च न्यूनिकरण आई केहि बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयात गरिने ७० प्रतिशत भन्दा बढी इन्धन रक्सौल–अमलेखगन्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन बिछ्याइएको हो ।

सम्बन्धित समाचार