आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फवाट थुनछेक बहस हुँदै

काठमाडौं। आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फवाट थुनछेक बहस हुँदैछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका नेपाली कांग्रेसका नेतासमेत रहनुभएका खाणको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्दैछन् ।

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायधिवक्ता, नेपाल बार एशोसियसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन । सो प्रकरणमा मुछिएर पक्राउ परेकामध्ये अब खाणसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य बिरुद्धको अपराध, संगठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो ।

एक हप्ता भित्र थुनछेक बहस सकाउने भनिएको भए पनि अझै ६ जनाको बाँकी रहेकाले पुर्वनिर्धारित समयसिमा भित्र बहस नसकिने भए पछि समयसिमा बढाउने बुझिएको छ ।