बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
प्रदेश

कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट, शिर्ष नेता जिल्ला–जिल्लामा

२४-भाद्र-२०७६ | ०७:२२:३७ am

काठमाडौं । नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रीय जागरण अभियानको दोस्रो चरण आजवाट देशब्यापी रूपमा एकसाथ प्रारम्भ हुंदैछ ।

विश्वेश्वरप्रसाद कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा रोपेर अभियानको उदघाटन गर्ने कार्यक्रम कांग्रेसले तय गरेको छ । यसरी विरुवा रोप्दा मुलुकभर एकदिनमा ३४ हजार नौ सय ८० विरुपा रोपिने छन् ।

प्रदेशशभा निर्वाचन क्षेत्रमा केन्द्रीत कार्यक्रमका लागि कांग्रेस केन्द्रिय कार्यालयले केन्द्रिय प्रतिनिधि खटाएको छ । उनीहरु आफ्नो क्षेत्रमा पुगिसकेका छन् । जागरण अभियानमा सामाजिक संवाद, युवा केन्द्रित बिशेष संवाद ,संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तक्रिया, स्थानीय तहको दुई बर्षे समिक्षा कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम गर्ने कार्यतालिका तय भएको छ ।

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ५ मुद्दामा केन्द्रित रहेर ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने कार्यतालिका कांग्रेसले बनाएको छ ।
यसैबीच अभियानको उदघाटनका दिन आज शिर्ष नेताहरुले विभिन्न स्थानमा सम्वोधन गर्ने कार्यक्रम पनि कांग्रेसले तय गरेको छ । सभापति शेरबहादुर देउवाले सुनसरीमा आयोजना हुने कार्यक्रमलाई सम्वोधन गर्ने छन् । नेता रामचन्द्र पौडेलले कास्कीमा आयोजना हुने कार्यक्रमलाई, उपसभापति विमलेन्द्र नीधिले धनुषा, उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा हुने कार्यक्रमलाई सम्वोधन गर्नेछन् ।

महामन्त्री डा. शशांक कोइरालाले मकवानपुरमा, अर्का महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुरमा र कोषाध्यक्ष सीतादेवी यादवले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार