सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

विद्युतीय बसका विशेषता के–के छन् ?

२४-भाद्र-२०७६ | ०५:००:५६ am

सरकारी स्वामित्वको विद्युतीय ट्रली बस बन्द भएको एक दशकपछि पुनः  काठमाडौंमा विद्युतीय बस सञ्चालन भएको छ । विद्युत वा बिजुली बस पनि भनिने उक्त बसको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरे ।

यो सँगै भर्खरै नेपाल–भारतबीच तेल निर्यातका लागि पाइप लाइन निर्माण भएकाले नेपालमा विद्युतीय बस सञ्चालन हुन सक्ला ? भनी प्रश्न उठ्न थालेका छन् ।

विश्वमा जलवायु परिवर्तनको मुद्दा टड्कारो रुपमा उठिरहेको अवस्थामा विद्युतीय बस सञ्चालनमा ल्याउनु खुसीको कुरा हो । जुन नेपालजस्तो भूपरिवेष्ठितका दृष्टिले अतिउपयुक्त पनि छ । तर, शुभारम्भ भएकै दिन विद्युतीय बस कार्यान्वयनमा आउन सक्लान् वा नसक्लान् वा भनी प्रश्न उठ्न थालेको छ ।

कतिपयले विद्युतीय बस नेपालमा सञ्चालन हुँदा भारतसँगको व्यापार घाटा घट्ने आकलन गरेका छन् भने त कतिपयले यो नेपालमा विद्युतीय बस सञ्चालनको विषय भारतलाई मन नपर्ने भएकाले पनि यसमा भारतले राजनीति खेल्न सक्ने अनुमान लगाएका छन् ।

सुन्दर कम्पनीले सार्वजनिक गरेअनुसार बस थप्ने र साझा यातायातले यसअघि घोषणा गरेअनुसार ५० वटा विद्युतीय बस ल्याएर चलाउन सकेमा विस्तारै विद्युतीय बस व्यवासयी र यात्रुको विश्वास जित्दै जाने निश्चित छ ।

त्यसमा पनि स्मार्ट यात्रा कार्ड लिएर यात्रा गर्दा मात्र २० प्रतिशत छुट पाइने, पछाडिका सिट बढी आकर्षण हुने, आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टमको व्यवस्था, मोबाइलबाट क्युआर कोड स्क्यान गरेर भाडाको भुक्तानी गर्न सकिने, आधुनिक सस्पेन्सन सिस्टम, बसभित्रै स्मार्ट डस्ट्बिन, आगो निभाउने यन्त्र, आकस्मिक अवस्थामा बाहिर निस्कनु पर्दा सिसा फुटाउने हम्बरलगायत उपकरणको उपलब्धताजस्ता विशेषतले यात्रीलाई मनमोहित पार्नेमा निश्चित छ ।

वातावरणका दृष्टिले एयर कन्डिसनर सेवासहितको विद्युतीय बस वातावरणमैत्री छ । यसले कुनै प्रकारको इन्धन खपत नगर्ने भएकाले नेपालजस्तो विद्युत उत्पादनको सम्भावना भएको देशका लागि अतिउपयुक्त छ ।

नेपालले यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन सकेमा विगतजस्तो अन्य मुलुकले नाका लगाउँदा इन्धनको अभाव बेहोर्नुपर्ने बाध्यता पनि हट्छ । यसको सञ्चालन गर्दा नेपाली रुपैयाँ विदेशीनुको सट्टा स्वदेशमै जम्मा हुन्छ । जसले हाल इन्धनद्वारा गाडी प्रदुषणको पनि न्यून हुन्छ ।

जलवायु परिवर्तनका कारण विश्वमा कार्बनको उत्सर्जन भई मानवीय स्वास्थ्यका दृष्टिले फ्युलजन्य उपकरण हानिकारक हो भन्ने लहर विश्वभर नै चलिरहेको अवस्थामा राष्ट्रिय योजना आयोगले सरकारीस्तरमा पहिलोपटक विद्युतीय गाडी उपयोग गर्ने नीति लिनु र त्यसको पूर्वाधारका रुपमा विद्युत प्राधिकरणले विद्युतीय चार्जिङ स्टेसन स्थापनाको प्रक्रिया अघि बढाउनुलाई देशको अर्थतन्त्र बचावटका दृष्टिले हेरिएको छ ।

विद्युतीय बस सञ्चालक कम्पनीले पोखरा, भैरहवा, कुरिनटार, लुम्बिनी, नारायणघाट, मुग्लिन, धुलिखेल, काठमाडौं, हेटौंडालगायत ठाउँमा चार्जिङ स्टेसन बनाउने तयारी गर्दैछ । जुन विकास, व्यापार र समृद्धिका दृष्टिले सह्रानीय छ । जुन निरन्तर रहिरहन आवश्यक छ ।

विश्वमा जलवायु परिवर्तनको विषयलाई लिएर फ्युलजन्य इन्धनको तुलनामा विद्युतीय इन्धनको प्रयोग बढाउने क्रममा नेपालले सुरुवात गरेको कार्य सह्रनीय छ । र विश्वका अग्रणी अटोमोबाइल कम्पनीले सन् २०३० पछि साबिकको पेट्रोल–डिजेल गाडी उत्पादन बन्द गर्ने घोषणा गरी विश्व विद्युतीयकरण हुँदै छ ।

तसर्थ नेपालले यस कार्यलाई परीक्षणको रुपमा मात्र नलिई दीर्घकालीन रुपमा अगाडि बढाउन नीतिगत, कानुनीगतमा अघि बढाउन आवश्यक छ । विद्युतीय गाडी सञ्चालनका लागि ककसले के–के गर्दैछन् ?

विश्वको इतिहास हेर्ने हो भने । बेलायत र फ्रान्सले सन् २०४० देखि पेट्रोल(डिजेल गाडी बिक्रीमा रोक लगाउँदै आएका छन् भने नर्वेमा २०२५ बाटै यो प्रतिबन्ध लाग्नेछ । भारतले पनि २०३० बाट बिक्री हुने हरेक सवारीसाधन विद्युतीय हुनुपर्ने नीति लिइसकेको छ ।

यसबाहेक अस्ट्रेलिया, डेनमार्क, आयरल्यान्ड, जापान, नेदरल्यान्ड, पोर्चुगल, दक्षिण कोरिया, स्पेन, अमेरिका, चीनलगायत देश पनि फ्युलभन्दा विद्युतीय सामान उत्पादन र उपयोग गर्ने नीति लिई त्यसैअनुरुप कार्य अगाडि बढाएका छन् ।

त्यस्तै सन् २०१९ देखि विश्व अटोमोबाइल कम्पनी भोल्भोले पेट्रोल र डिजेलबाट चल्ने गाडी उत्पादन नगर्ने बताएको छ । बिएमडब्लु, टोयोटा, फियाट, किया, मर्सि्िडज बेन्ज, टोयोटा, होन्डा, रेनो, निसान, फक्सवागन, मित्सुबिसी र सेब्रोलेजस्ता चर्चित अटोमोबाइल कम्पनी पनि विद्युतीय सवारीसाधन बनाउनमा तल्लीन छन् ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार