सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
न्याय/कानुन

पाटन उच्च अदालतमा न्यायाधीशको अहम जुधाई कहिलेसम्म

२३-भाद्र-२०७६ | ०५:२८:१५ pm

पाटन उच्च अदालतमा भाद्र २० गते शुक्रवारबाट शूरु भएको न्यायाधीश लोहितचन्दको बेञ्च बहिस्कारको सिलसिलाले तेश्रो दिन पनि निरन्तरता पाएको छ ।

आजपनि पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र लोहितचन्द्र शाहले हेर्नेगरी इजलास नंवर १ मा संयुक्त इजलास तोकिएको थियो तर लोहित बेन्चमा आएनन् ।

उक्त इजलासले रिट नम्बर ११५, जसको पक्षमा तेन्जीन वाङमो ठकुरी, विपक्षमा गृहमन्त्रालय जिप्रका बबरमहल र रिट नंबर ११७को पक्षमा रामहरी लामिछने र विपक्षमा महानगरीय प्रहरी परिसर टेकुको मुद्धा थियो ।

यि रिटमा निषेधाज्ञा मागिएको थियो सो जारी गर्नु पर्ने वा नपर्ने विषयमा बेञ्च बोल्नु पर्ने थियो । त्यसमा लोहितचन्द शाह बाहिरिएपछि अदालत परिसरको कम्प्युटरमा बेन्च नबसेको भन्ने कैफियत लेखिएको छ ।

वर्णन मिडियाले यो इजलास किन नबसेको भनी प्रश्न गर्दा श्रीमानलाई सञ्चाे नभएको भन्ने जवाफ आयो । यस सम्वन्धी थप पडताल गर्दा के पत्ता लाग्यो भने ।

अहिलेपनि मा.न्यायाधीश लोहितचन्द्र शाहलाई आफु सर्वोच्चको रजिस्टार हुँदा आफ्नो मातहतमा रहेका दुव्ला पातला नहकुल सुवेदीमात्र देखिएका छन् । उनी मुख्य न्यायाधीश बनेको स्विकार्न नसक्नु नै अहिलेको यो नियमित बेञ्च बहिस्कारको घटना घटेको हो ।

लोहित श्रीमानले पचाए पनि नपचाए पनि पदमा, बुद्धिमा, निर्णय क्षमतामा जो उँचो छ उसको आदेश मान्नै पर्ने हुन्छ ।

अदालत पनि एक प्रकारले म्याक्स बेवरको ब्यूरोक्रेटिक सिद्धान्तबाट गाइडेड हुन्छ जुन पदीय हाइरेरकी अनुसार चल्नु पर्छ । यो सिद्धान्त अनुसार जागिर खाई सकेपछि मुख्य न्यायाधीशले भनेको बेञ्चमा बस्नै पर्ने हुन्छ ।

यदि लोहित श्रीमान् बिमार भएकै हो भने उहाँले विदा लिनु पर्छ अदालतमा गएर हाजिर भएर निस्कन मिल्दैन होइन भने तालुक निकायबाट विदा स्विकृत गराएरमात्र जानु पर्छ ।

स्वाभिमानको समस्या यहाँ पनि होला कि विदाको स्विकृतिपनि मुख्य न्यायाधीशले नै दिनुपर्ने हुन्छ । मुख्य न्यायाधीशको अगाडी जान असजिलो भए चिकित्कको सिफारिस लिएर अरु कसैसंग विदा पठाउने त्यतिन्जेल यात आफु सरुवा हुने वा शक्तिको खेलमा जे पनि हुन सक्छ मुख्य न्यायाधीशलाई सर्वोच्चमा तान्न लगाएर आफै मुख्य बन्ने । यो बाहेक लोहितसंग अरु विकल्प छैन ।

यो अरुलाई सानो देख्ने रोग हो यसबाट मुक्त हुन कठीन छ । जति सक्यो छिटो यो रोगबाट मानिस मुक्त हुन्छ त्यतिनै छिटो प्रगति गर्छ ।

भोली कुनै दिन लोहितचन्द शाह मुख्य न्यायाधीश बने र उनको तलका न्यायाधीशले यस्तै व्यवहार गरे भने उनलाई कस्तो महसुस हुन्छ । त्यो परिस्थितीलाई संझेर यो परिवेशलाई नर्मल पार्नु पर्छ । यसक्षेत्रका विज्ञ बताउँदछन् ।

पुर्वराजाले त गद्धि छोडेर जनता जर्नादन हुन सके भने यो भुरेभारे काममा किन चित्त दुखाउनु । यसले जनताको कर माथि अन्न्याय भयो ।
हुनतः कसैले इख नभएको मानिस र बिष नभएको सर्प काम छैन भन्लान् ।

यो सिदान्त मुख्य न्यायाधीशमा लागु हुन्छ उनले दिनहुँ संयुक्त इजलास तोक्छन् । त्यसैले लडाई लड्नु पर्छ तर परिस्थिती स्विकार्नु पनि पर्छ अव छिटै यो केशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले अफ द बिट मिलाउने प्रयास गरे राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार