नेपाल रेडक्रस सोसाइटि नुवाकाेट र चतुरमाला युवा क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोटको फलाँटे(३)मा चतुरमाला युवा क्लवको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटि नुवाकोटको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ३५ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष केशब प्रसाद न्यौपानेले जनाकारी दिए। “रक्तदान जिवनदान” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा रक्तदान गर्नेको बाक्लो उपस्थिति नरहेको अध्यक्ष न्यौपानेले बताए। ग्रामिण भेगमा भएको रक्तदान भएका कारण उक्त सँख्या पनि उल्लेख्य भएको बताउनुहुन्छ अध्यक्ष न्यौपाने।

रक्तदान कार्यक्रममा सहभागी महिला तथा युवाहरुलाई गाउँपालिका प्रमुख सन्तबहादुर घलेको हातबाट प्रशंसापत्र प्रदान गरिएको थियो।

क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरहेको र देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका सचिव जीवन प्याकुरेलले बताए। क्लबले नुवाकोबासी तथा अस्पतालमा उपचारार्थ आउने बिरामीलाई रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको सचिव प्याकुरेलले बताए।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र आगामीदिनमा पनि जारी रहने समेत उनले बताएका छन। सबैको स्वास्थ्य अबस्था चेकजाँच गरेर मात्र रक्तदान सरल , सहज तथा सकारात्मक ढंगले सम्पन्न भएको पनि उलले बताए ।