तीन पत्रकारलाई ‘टेलिफल्म अवार्ड’

तीन पत्रकार ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।

दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील भई हाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)का सचिवसमेत रहनुभएका पत्रकार टङ्क कार्की, तीन दशकदेखि पत्रकारितामा संलग्न राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण कार्की शनिबार मूलपानीमा आयोजित कार्यक्रममा सम्मानित हुनुभएको हो ।

बक्स अफिस इन्टरनेसनल गु्रपका अध्यक्ष आरके सुवेदी संयोजक रहेको नेपालको एकमात्र अवार्ड हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले यस प्रकारको सम्मानले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन मिल्ने बताउनुभयो । कार्यक्रममा टेलिफिल्म क्षेत्रका विभिन्न विधाका उत्कृष्टहरूलाई पनि सम्मान प्रदान गरिएको थियो ।