सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
अर्थ वाणिज्य

तस्करीमा आयो नयाँपनः करुवाभरी सुनैसुन

२३-भाद्र-२०७६ | ०१:१०:२८ pm

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं उत्रिएका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयल स्रोतका अनुसार होमबहादुरले करुवामा लुकाएर डेढ किलो सुन काठमाडौं पु¥याएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘अराइभल’ गेटमा चेकजाँच गर्ने क्रममा होमबहादुरको साथमा सुन रहेको देखिएको हो ।

थप चेकजाँच गर्दा होमबहादुरको साथमा डेढ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनसहित होमबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार