मंगलबार, माघ ०७, २०७६ | Tuesday, January 21, 2020

काठमाडौँ
नेकपाबाट ११ बुँदे आचारसंहिता जारी : महिला हिंसा गरे तत्काल निष्कासित हुने   * भ्रष्टाचार गरेर महादेशकै धनी बन्न सफल महिलाको कर्तुत खोले पत्रकारले   * २०५० सम्ममा १० लाख मानिस मंगल ग्रह पठाउने तयारी   * विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल   * जेपी नड्डा बने बीजेपीका अध्यक्ष   * प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु   * नेकपाका ११ सन्देश कार्यकर्तालाई भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितता नगर्नु   * व्यक्ति प्रशंसा गर्नुहोस तर प्रधानमन्त्रीको बारेमा सोच्नुहोस   * नेप्से साढे २६ अङ्कले ओरालो   * सैनिक, निजामति, प्रहरी पछि शिक्षक अस्पताल बन्ने, हे राम जनताका अस्पताल कहिले बन्ने   *
मंगलबार, माघ ०७, २०७६ Tuesday, January 21, 2020
अन्तर्राष्ट्रिय

चर्चलाई गुम्बा बनाएर अमेरिकामा भगवान बुद्धको मूर्ति राखिने

२३-भाद्र-२०७६ | १२:२२:२९ pm

काठमाडौं, बर्णन संवाददाता । संयुक्त राज्य अमेरिकाको सानफ्रान्स्किो शहरमा रहेको चर्चलाई गुम्बा बनाएर शान्तिका प्रतीक भगवान बुद्धको मूर्ति राख्न लागिएको खबर समाचार श्रोतले जानकारी दिएको छ । समाचार अनुसार ललितकलाको लागि प्रसिद्ध मानिएको उपत्यकाको ललितपुरमा नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति सानफ्रान्स्किो शहरमा स्थापना गर्न लागिएको हो ।

ललितपुरको सातदोवाटो नजिक रहेको पाटन औद्योगिक क्षेत्रभित्रको शाक्य ह्यान्डिक्राफ्टका मूर्तिकार वीरेन्द्र अवालेको समूहले उक्त बुद्धको मूर्ति तयार गरेको हो। अवाले समूहका अन्य कलाकार सदस्यमा गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन रहेका छन।

सोमवार अमेरिका लान लागिएको तामाबाट निर्मित उक्त बुद्धको मूर्ति बनाउन झण्डै दुई वर्ष लागेको मूर्तिकार अवालले जानकारी दिए। अमेरिका लान लागिएको बुद्धको मूर्ति हेर्न पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धिलाई यो कामले थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्दै महानगरले कला, संस्कृतिको संरक्षणका लागि प्रतिबद्ध रहेको बताए । यसैगरी ‘भिला परासोल टेम्पल’ले शाक्य ह्यान्डि क्राफ्टलाई मूर्ति निर्माणको लागि अनुरोध गरेको क्राफ्टका ‘प्रोप्राइटर’सागर शाक्यले उभिएको भगवान बुद्धको उक्त मूर्ति अत्यन्त आकर्षक भएको बताउँदै आफ्नो कारखानाबाट हालसम्म धेरै यस्ता मूर्ति विदेश पठाएको जानकारी दिए ।यसैगरी ‘ भिला परासोल टेम्पल ‘ का अध्यक्ष मरिआन हुङले बुद्धको मूर्ति अत्यन्त मेहनतका साथ तयार गरेकोमा खुशी व्यक्त गर्दै नेपाली मूर्तिकारको क्षमताको खुलेर प्रशंसा गरिन् ।

विदेशी पाहुनासँग एक भेटमा अनौपचारिक कुरा गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको पहिचान ‘कला र संस्कृति ‘भएको बताउँदै विश्व कला परिषद्ले ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरेको र उक्त घोषणाले कला, संस्कृतिको संरक्षणमा महानगर जिम्मेवार, सर्तक र संवेदनशील भएको बताए ।

सम्बन्धित समाचार