सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

नायिका पुजा शर्माको पोइ पर्यो काले, (भिडियो सहित)

२३-भाद्र-२०७६ | ०८:११:४३ am

चलचित्र ‘पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धरकाे अभिनय रहेकाे छ ।

रामजी लामिछानेकाे कोरियोग्राफि रहेकाे उक्त्त गितमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको संयूक्त गायन रहेकाे छ भने गितलाई अर्जुन पोखरेलले संगीत र नृपेश उप्रेतीको शब्द दिएका छन । गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ ।

कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘पोइ पर्‍यो काले’ को मूलकथा अभिनेता सौगातको वरिपरि घुमेको छ । शिशिर राणा यस चलचित्रका लेखक तथा निर्देशक हुन् ।

यसअघि उनले चलचित्र ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेकाे छ ।

[vicomi_feelbacks]