मंगलबार, माघ ०७, २०७६ | Tuesday, January 21, 2020

काठमाडौँ
नेकपाबाट ११ बुँदे आचारसंहिता जारी : महिला हिंसा गरे तत्काल निष्कासित हुने   * भ्रष्टाचार गरेर महादेशकै धनी बन्न सफल महिलाको कर्तुत खोले पत्रकारले   * २०५० सम्ममा १० लाख मानिस मंगल ग्रह पठाउने तयारी   * विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल   * जेपी नड्डा बने बीजेपीका अध्यक्ष   * प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु   * नेकपाका ११ सन्देश कार्यकर्तालाई भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितता नगर्नु   * व्यक्ति प्रशंसा गर्नुहोस तर प्रधानमन्त्रीको बारेमा सोच्नुहोस   * नेप्से साढे २६ अङ्कले ओरालो   * सैनिक, निजामति, प्रहरी पछि शिक्षक अस्पताल बन्ने, हे राम जनताका अस्पताल कहिले बन्ने   *
मंगलबार, माघ ०७, २०७६ Tuesday, January 21, 2020
खेलकुद

नेपाल बङ्गलादेशसँग पराजित

२२-भाद्र-२०७६ | ०६:१०:३३ pm

श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाउँदै २६१ रन बनायो ।

दुई सय ६२ रनको विजय लक्ष्य बङ्गलादेशले चार बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो ।

बङ्गलादेशको जितमा कप्तान अकबर अलीले अविजित रहँदै ९८ रनको योगदान दिए ।

प्लेयर अफ दी म्याच अलीले ८२ बल खेल्दै १४ चौका प्रहार गरे । यस्तै तौवहिद हृदोयले ६०, सामिम हुसेनले अविजित ४२ र मोहमुदुल हसन जोयले ४० रन बनाए ।

बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरीले दुई तथा हरिबहादुर चौहान र राशिद खानले एक-एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले ।

पवनले १०९ बलमा एक छक्का र आठ चौकासहित ८१ रन बनाए । यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६, रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहितकुमार पौडेलले १४ रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका लागि ताञ्जिम हसन शकिब र साहिन आलमले दुई-दुई विकेट लिए ।

नेपालले अन्तिम खेल मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ ।

जारी प्रतियोगितामा समूह ‘ए’बाट भारत र अफगानिस्तान तथा समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार