बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
अन्तर्राष्ट्रिय

पूर्व नेपाल सुन्दरी श्रेष्ठ मिस नेपाल यूएसको कार्यक्रम संचालन गर्दै

२२-भाद्र-२०७६ | ११:४६:३० am

काठमाडौ , बर्णन संवाददाता । आउँदो अक्टोबर १२ , २०१९ का दिन अमेरिकाको नेब्रास्का राज्यमा आयोजना हुन लागेको मिस नेपाल यूएसको कार्यक्रम संचालन पूर्व नेपाल सुन्दरी नग्मा श्रेष्ठ गर्ने भएकी छिन् ।

मिस नेपाल युनिभर्स २०१७ को उपाधि हासिल गरेकी श्रेष्ठले मिस नेपाल यूएसको फाइनल कार्यक्रम संचालन संगै सहभागी नेपाली युवतीहरुलाई कोरियाग्राफि गराउने समेत दुई वटा जिम्मेदारी पाएकी छिन् । नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा सातौं संस्करण मिस नेपाल यूएसको प्रतियोगिता नेब्रास्कामा हुन गईरहेको छ ।

अमेरिकामा बसाबास गरि रहेका १९ देखी २९ बर्ष उमेर समुहका नेपाली युवतीहरुले उक्त सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धिरुपमा सहभागी हुन इच्छुकले आवेदन दिन पाउने छन् । काठमाडौमा सम्पन्न मिस नेपाल यूनिर्भस २०१७ बिजेता नग्मा श्रेष्ठ मिस नेपाल यूएसको सातौं संस्करणका लागि आधिकारिक कोरियोग्राफर प्रतियोगीहरुलाई तयारी गर्ने जिम्मेबारी तथा अन्तिम नतिजा प्रकाशनको दिन फाइनल कार्यक्रम संचालन समेत गर्ने छिन् ।

पूर्व नेपाल सुन्दरी नग्माले सन् २०१७ मा अमेरिकाको पर्यटकीय शहर लासभेगसमा सम्पन्न अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस यूनिर्भसमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । साथै सोहि बर्ष फिलिपिन्समा सम्पन्न सौन्दर्य प्रतियोगितामा समेत उनले नेपालको प्रतिनिधित्व गरेर उत्कृष्ट ८ मा पुगेकी थिइन् । सो भन्दा अघि सन् २०१६ मा चिनमा भएको सुन्दरी प्रतिस्पर्धामा तेश्रो उप बिजेता मिस यूनिर्भसको उपाधि समेत श्रेष्ठले जितेकी थिइन् ।

यसको साथै नग्माले इजिप्टमा भएको मिस इको यूनिभर्स २०१६ मा समेत सहभागिता जनाएकी थिइन् । उक्त कार्यक्रममा प्रतियोगीहरुलाई समेत प्रशिक्षण तथा अन्तिम चरणमा कार्यक्रमको आतिथ्यता गर्ने अवसर पाएकोमा खुसी लागेको बताइन ।

उनले आफूले हासिल गरेको अनुभवलाई प्रस्तुत गर्न पाउदा निकै उत्साहित भएको र आयोजकलाई धन्यवाद दिन चाहेको बताईन ।

सम्बन्धित समाचार