बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
न्याय/कानुन

मुख्यन्यायाधीशसंग अर्का न्यायाधीश बेन्चमा बस्न मानेनन्

२१-भाद्र-२०७६ | ११:२४:३१ am

भाद्र २० गते २०७६ को दिन पाटन उच्च अदालतमा एउटा कम प्रचलित घटना घटेको छ । जसमा मुख्य न्यायाधीशले आफैसंग तोकेको संयुक्त इजलासमा अर्का न्यायाधीश बस्न नै मानेन् । यो ठिक वा वेठिकको वहस भिन्दै पाटो होला तर अदालतमा संगै वेञ्चमा नवस्ने घटना घटेकाछन् यस अघिपनि ।

हिजोको घटना के थियो र के भयो भन्ने बारेमा पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले अर्का न्यायाधीश लोहीतचन्द शाहसंग संगै बेञ्च तोकेका थिए । तर चन्द्रले मुख्य न्यायाधीशसंग जुनियर न्यायाधीशको रुपमा बेञ्च शेयर नगरेको बुझिएको छ ।

यद्यपि यस विषयमा वर्णन मिडियाले लोहितचन्द्रसंग फोन गरी सोध्दा उनले “ म बिमारी भएको कारणले यस्तो भएको हो, मेरो अन्य कुनै कारण होईन ” भनेका छन् ।

यहाँसम्म ठिक छ अनुशासनको कारणले उनले भन्नु पर्ने यहि नै हो । तर अदालतको प्रचलन केहो भने कोही विमारी भए , विदा बस्ने भए बिहान ८ वजे अगाडी अर्थात बेञ्च तोकिनु अगाडी नै जानकारी गराउने प्रचलन छ ।

बेञ्च तोकिसकेपछि पनि विमारी नहुने त होइन तर विमारी हो वा अन्य कारणले बेञ्चमा नबसेको हो भन्ने बारे वर्णन मिडयाको खोजविनमा निम्न तथ्यहरु भेटिएका छन् ।

सर्वोच्चमा जतिबेला दामोदर शर्मा प्रधानन्यायाधीश थिए त्यतिबेला लोहितचन्द शाह सर्वोच्चका रजिस्टार थिए र अहिले पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी चन्द्रको मातहतमा थिए । पछि गोपाल पराजुलीको प्रधान न्यायाधीश भएको बेलामा नहकुल सुवेदी तुल्सीपुरमा मुख्य न्यायाधीश भएर गए । अहिले तुल्सीपुरबाट सरुवा भएर उच्च अदालत पाटन आए ।

पाटनमा उनीभन्दा केही वरिष्ठ न्यायाधीश अरु पनि छन् । कानून सचिव भै सकेका टेकप्रसाद ढुंगाना, सर्वोच्चका रजिस्टार भै सकेका श्रीकान्त पौडेल लगायतको सिनियरटीले मुख्य न्यायाधीशलाई पचाएको छैन । जसरी सर्वोच्चमा आएका मनोज शर्मालाई अन्यले स्विकार गर्न कठीन मानेका छन् । किनकी उनी पुनरावेदनको न्यायाधीशमात्र बनेमा खुशी हुने लेभलमा थिए ।

घटना पछि मिडियाले उठान गर्न खोजेको मुख्य कुरा के हो भने कर्मचारीतंन्त्र र न्यायालय , सेना प्रहरीमा जेष्ठता बडो चिन्तनको विषय हुन्छ । कसैले यसलाई सहजै स्विकार्दछन् कसैले केही गाह्रो मान्दछन् ।

वास्तवमा जो जहाँ रहेपनि सामान्य अख्तियार प्रत्यायोजनको विषयमा बाहेक मुख्य न्यायाधीशले पनि साथी कै भाव राख्ने र अन्य न्यायाधीशले पनि सोही व्यवहार गर्ने हो भने कुनै समस्या आउँदैन ।

अहिलेका प्रधान न्यायाधीश चोलेन्द्रसंग भुपु प्रधान न्यायाधीश शुशिलाकार्की कहिल्यै संगै बेञ्चमा बसिनन् तर उनै चोलेन्द्रले शुशिलाको महा अभियोगमा अभयदान दिएर ससम्मान सर्वोच्च फर्काएका थिए ।

को सिनियर को जुनियर, नदीमा एउटा सानो माझीले भेलमा परेका राजालाई बचाउन सक्छ । तैपनि यो सिनियरिटीको प्रश्न संगठनमा जहिलेपनि संवेदनशील बन्दछ । तैपनि मुख्य न्यायाधीशले सवैलाइ  अ‌ँगुठा ठाडाे पारेर व्यवहार गर्नुभन्दा सहज व्यवहार गरेमा   सिनियर जुनियरकाे तुष रहदैन ।

याे पनि पढनुहाेस्…

पाटनउच्च अदालतमा आजपनि वेञ्च बहिस्कार दोषी को ?

Leave a Reply

सम्बन्धित समाचार