सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
अन्तर्राष्ट्रिय

कसरी भयाे भारतले पठाएको चन्द्रयान बेपत्ता

२१-भाद्र-२०७६ | १०:५६:१२ am

काठमाडौं,बर्णन संवाददाता । हामी बस्ने पृथ्बीको उपग्रह चन्द्रमाको धरातलमा अवतरण गर्नुभन्दा केही समय अगाडि भारतको चन्द्रयान– २ विक्रम लैंडर को पृथ्वीबाट सम्पर्क बिच्छेद भएको बिबिसीले खवर दिएको छ ।

चन्द्रयान अन्तरिक्ष सम्पर्कविहिन बनेसँगै चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय खुशिका साथ पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी यो खवरले निराश हुँदै फर्कनु परेको छ ।

इसरोका अध्यक्ष के.सिवनले भारतीय चन्द्रयान –२ विक्रम लैंडर चन्द्रमा नजिकै पुग्नै लागेका बेला सम्पर्क टुटेको जानकारी दिए । अध्यक्ष सिवनका अनुसार , ‘चन्द्रमाको सतहभन्दा मात्र २.१ किलोमिटर बाँकी हुँदा सम्म सबै सामान्य थियो, तर त्यसपछि अचानक सम्पर्क टुट्यो ।

अब त्यस सम्वन्धी डाटाको समीक्षा गर्न लागिएको बताइएको छ ।’ चन्द्रयान–२ को विक्रम लैंडर गएको राति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा अवतरण गर्ने पूर्ब जानकारी दिइएको थियो ।

भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र आफ्नो देशका बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम , आन्ध्र प्रदेशको बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय पुग्नुभएको थियो । केहि प्राविधिक समस्याका कारण एक हप्तासम्म प्रक्षेपण स्थगित गरिएको चन्द्रयान –२ लाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

यसैबर्ष इजरायलले पठाएको रकेट पनि चन्द्रमा पुग्नु भन्दा १० किलोमिटर पहिलासम्पर्क विहिन बनेको थियो । राती १ः५५ मा चन्द्रमामा अवतरण गर्नुपर्नेमा वैज्ञानिकहरुले समय परिबर्तन गरेर १ः५३ बनाएका थिए ।

प्रक्षेपित चन्द्रयानसम्पर्क विहिन भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले आफनो धारण राख्दै जीवनमा उतार चढाव आईरहन्छ भन्दै म देखिरहेको थिए कम्युनिकेसन अफ भएको थियो ।

यद्यपि यो सानोतिनो उपलव्धि होइन , देश यसमा गर्ब गर्छ र सवैलाई बधाई दिदै आगामी दिनमा नयाँ प्रयाश थालनी गर्नु पर्छ भन्ने विचार राख्नु भयो । अहिलेसम्म चन्द्रमामा यान पठाउने विश्वमा ३८ प्रयास भएका छन् ।

ती प्रयाशहरु मध्ये अहिलेसम्म ५२ प्रतिशत कोशिसहरु सफल भएका छन् । चन्द्रमाकोसतहलाई पहिलो स्पर्श गर्ने प्रयाश अमेरिका र सोवियत संघ रुसले सन् १९५८ मा गरेका थिए । यसअघि भारतको पहिलो चन्द्र अभियान अन्तर्गत चन्द्रयान १ पनि चन्द्रमाको सतहमा अवतरण गर्न सकेको थिएन । तर त्यस प्रयासले चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाउने कुरा मद्धत पुगको बताइएको छ ।

चन्द्रयान २ विक्रम लैंडले चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाउनुका साथै चन्द्रमामा गएका कम्पनसमेत मापन गर्ने भनिएको थियो ।

सन् १९६८ अगस्ट र डिसेम्बरमा दुबैदेशले ४ पायनियर आँर्विटर अमेरिका र ३ लुना ईपेक्ट सोभियत संघले चन्द्मामा पठाए पनि दुबै प्रयाश असफल भएका थिए । अहिलेसम्म चन्द्रमामा विश्वका ६ देशले यस्ता उपग्रह (स्याटलाइट) यानहरु पठाएका छन् । ती मध्ये हाल सम्म ५ देशलाई मात्र सफलता मिलेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार