शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्रीले फायर खोले: सचिवालयका ६ पदमुक्त   * राष्ट्रसंघमा कालापानी लगायतको सीमा विवाद सम्वन्धी विषय प्रवेश   * वामदेव आफ्नै दल (नेकपा) र सरकारलाई किन प्रश्न गर्छन् ?   * उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त   * प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
अन्तर्राष्ट्रिय

सन्यासकाे पुृर्वसन्ध्यामा ४ बलमा ४ विकेट लिने खेलाडी

२१-भाद्र-२०७६ | १०:५३:०९ am

श्रीलंकाका तीव्र बलर लसिथ मलिंगाले चार बलमा चार विकेट लिंदै नयाँ इतिहास बनाएका छन्। उनीले आफ्नो क्रिकेट करिअरमा दोस्रो पटक यो उपलब्धि शुक्रबार हासिल गरे। उनले न्युजिल्यानडविरुद्ध चार बलमा चार विकेट लिएसँगै विश्वमा दोस्रो पटक चार बलमा चार विकेट लिने एक्ला खेलाडी बने।
उनले त्यसअघि २००७ मा विश्वकपका दौरान यो उपलब्धि हासल गरेका थिए। टि–२० सिरिजको तेस्रो खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। जवाफमा न्युजिल्यानड १६ ओभरमा ८८ रनमा समेटियो। सामान्य लक्ष्यलाई कसिलो बलिङ गर्दे श्रीलंकाले ३७ रनको जित निकाल्न सफल भयो। मलिंगाले ६ रन दिएर ५ विकेट लिए।

यो उनको टी–२० कै उत्कृष्ट प्रदर्शन हो। उनको यो टि–२० अन्तराष्ट्रिय करिअरमा एक सयौं विकेट समेत हो। मलिंगाको यो टि–२० मा यो दोस्रो ह्याट्रिक समेत हो। कुनै पनि खेलाडीले अहिलेसम्म यो उपलब्धि हासिल गर्न सकेका छैनन्। मलिंगाको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौ ह्याट्रिक समेत हो। मलिंगाले टेस्टमा १०१ र एकदिवसीय ३३८ विकेट लिएका छन्। यसअघि सर्वाधिक विकेट लिने रेकर्ड वसिम अक्रमको नाममा रहेको थियो।

Leave a Reply

सम्बन्धित समाचार