शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   * देउवाले दिए कडा निर्देशन, भारतविरुद्ध चुइक्क नबोल्न उर्दी   * भगाएर विवाह गर्दा किशोर पक्राउ   * कसरी घटाउने कोलेस्ट्रोल ?   * पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुल्यो विज्ञापन, ६१ जनाको लागि अवसर   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
खेलकुद

नेपाललद्वारा श्रीलङ्का विरुद्ध १६० रनको चुनौती

२०-भाद्र-२०७६ | ०४:१२:०७ pm

श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लागि १६० रनको चुनौती दिएको छ ।

श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल बनायो ।

वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई छोट्याएर ४२ ओभरमा झारिएको थियो । नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल केही समयको लागि प्रभावित बनेको थियो ।

नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धशतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिएका हुन ।

त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन जोडे । आसिफ शेखले ७ रन जोड्दा अर्का शुरुआती ब्याट्सम्यान पवन शरार्फ ४ रनमा बाहिरिए ।

श्रीलङ्काका दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीनरतीन विकेट लिए भने आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक/एक विकेट झारे ।

Leave a Reply

सम्बन्धित समाचार