बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
न्याय/कानुन

सात जना वडाध्यक्षले नगरपालिका कार्यालयमा गरे तालाबन्दी

१९-भाद्र-२०७६ | १२:०३:०३ pm

गुल्मी, बर्णन संवाददाता। गुल्मीको रेसुङ्गा नगरपालिका कार्यालयमा वडाध्यक्ष र कार्यपालिका प्रमुख मिलेर तालाबन्दी गरेका छन् । नगरपालिकाका सात जना वडाध्यक्ष तथा तीनजना कार्यपालिका सदस्यले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । रेसुङ्गा नगरप्रमुख डिल्लीराज भुसाल र कार्यालय प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा वडाध्यक्ष र कार्यपालिका सदस्यले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

स्थानीय महेन्द्र नमुना माध्यमिक विद्यालयमा हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्षको विषयमा विवाद भएकोमा सहमति हुन नसकेपछि नगरपालिकामा तालाबन्दी गरिएको हो ।
यस बाहेक नगरपालिकाका निर्णय एकलौटी गरी गुपचाप राखिएको,
मनोमानी ढङ्गबाट नगरपालिकाका काम आगाडि बढाइएको लगायतका विषयमा नगरपालिकामा वडाध्यक्षहरुको कुरा नमिलेपछि तालाबन्दी गरिएको वडा नम्बर १ का अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले संवाददातालाई बताउनुभयो ।

महेन्द्र नमुना माध्यमिक बाट गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्तिसम्बन्धी भएको निर्णय नगरपालिकाले खारेज गरेको थियो । विद्यालयको व्यवस्थापन समितिले प्रध्यानाध्यापकमा शिक्षक युवराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर, सोही निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले निर्णय खारेज गरेको थियो । निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा शिक्षक केशरबहादुर थापालाई पुर्नबहाली गरिएको थियो ।

ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफू निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए ।

नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ । त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ वर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ । तर नियमविपरित प्रध्यानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले उपरोक्त नियुक्ति बदर गरेको थियो । तर विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयमाथि नगरपालिकाले हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै बुधबार नगरपालिका कार्यालयमा नै तालाबन्दी गरिएको हो ।

‘व्यवस्थापन समितिले निर्णय गरेका ज्ञवाली नै केन्द्राध्यक्ष गराउन आवश्यक पर्ने सिफारिस लेखिदिन भन्नुभएको थियो’ रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले भने, ‘त्यो मेरो अधिकारको विषय थिएन, उहाँहरुले ताला लगाउनुभयो ।’ उनले बिहीबार बिहानसम्म पनि ताला नखोले आफूहरुले नै ताला विगार्ने चेतावनी दिए । यस विषयमा वडा नम्बर २ का अध्यक्ष उदयबहादुर थापाले नगरपालिकाले विधि र प्रक्रियाभन्दा बाहिर गएर महेन्द्र नमुना माविमा प्रअ नियुक्ति गरेकोले ने आफूहरुले ताला लगाएको प्रतिक्रिया दिए । त्यसका साथै उनले मेयर र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पटक–पटक भन्दापनि वास्ता नगरेपछि बाध्य भएर ताला लगाउनु परेको कुरा वडाध्यक्ष थापाले स्पष्ट पारे ।

रेसुङ्गा नगरपालिकाका मेयर भुसालले जनप्रतिनिधिले आफनो कार्यकक्षमा ताला लगाएर अनैतिक काम गरेको आरोप लगाए । ‘जनताको सेवाका लागि खटिएका जनप्रतिनिधिले जनताले सेवा पाउने ठाउँमा नै ताला लगाउनु अशोभनिय विषय हो ।’
रेसुङ्गा नगर अन्तर्गतका १ नम्बरका वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, वडा नम्बर २ का अध्यक्ष उदयबहादुर थापा, ५ का अध्यक्ष हरीप्रसाद शर्मा खनाल, ८ का अध्यक्ष भरत भलामी, १२ का अध्यक्ष कुलबहादुर टण्डन, १३ का अध्यक्ष खुम खत्री, १४ का अध्यक्ष शेरबहादुर पहराई, कार्यपालिका सदस्यहरु उमकला पाण्डे, खिमा बस्नेत, देवी कुँवर, शान्ता वि।क। लगायतका समूहले मिलेर नगरपालिकामा ताला लगाएका हुन् ।

Leave a Reply

सम्बन्धित समाचार