वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

गौशाला २६ को जन्मदर्ता वडा कार्यालयबाट ‘गायब’

क्रिकेटर सन्दीप लामिछाने आरोपित रहेको बालिका बलात्कार घटनाकी पीडित गौशाला-२६ को जन्मदर्ता अभिलेख वडा कार्यालयबाट ‘गायब’ भएको छ । गौशाला २६ को जन्मदर्ता रहेको वडा कार्यालयले जिल्ला अदालत, काठमाडौंमा दोस्रो पटक पत्र पठाउँदै ‘कार्यालयमा जन्मदर्ता किताब अभिलेख नरहेको’ जवाफ लेखेको हो ।

जिल्ला अदालत, काठमाडौंले पीडित गौशाला २६ को ‘जन्मदर्ता किताबसहितको अभिलेखको सक्कल प्रति पेश गर्नू’ भनी लेखेको दोस्रो पत्रको जवाफमा वडा कार्यालयले दर्ता किताब र अभिलेख नरहेको भन्ने जवाफ दिएको हो ।

https://barnanmedia.com/detail/1685314236-l-lb-b-fx-23-05-29

रेशम चौधरीलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीको कैद सजाय माफी दिने सरकारको निर्णय पूर्वाग्रही र अन्यायपूर्ण भएको ठहर गरेकाे छ ।आइतबार साँझा विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्ता मुकुल ढकालले चौधरीलाई माफी दिने कदम आममाफीको भावना विपरीत भएको उल्लेख गरेका छन् ।

‘यो आममाफीको शर्त विपरीत मात्र नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । लाल आयोगको प्रतिवदेन यथाशिघ्र सार्वजनिक हुनुपर्ने बताएको रास्वपाले आममाफी मानवअधिकारको उल्लंघन भएको बताएको छ ।

बाँकेको नरैनापुरमा ११ घर जलेर नष्ट

 बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

धेरै घाटा ब्यहोर्नेको सूचीमा आयल निगम पहिलो, दोस्रोमा नेपाल एयरलाइन्स

आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको छ । सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको हो ।

निगमले गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ घाटा बेहोरेको थियो । यसपछि सबैभन्दा धेरै घाटा बेहोर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा नेपाल एयरलाइन्स छ । नेपाल एयरलाइन्सले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ घाटा बेहोरेको थियो ।

कोशी प्रदेश : आन्दोलनकारीसँग वार्ता गर्न उपेन्द्र यादवको आग्रह

 जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा आन्दोलन गरिरहेका आन्दोलनकारीमाथिको दमन बन्द गरी वार्ताबाट समस्याको हल गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् ।प्रदेश सभाबाट प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राखिएको छ । त्यसको विरुद्धमा विराटनगरलगायतका ठाउँमा आन्दोलन भइरहेको छ ।

सुधारको योजनासहित बजेट आउँदै, अन्तिम तयारीको लागि अर्थमन्त्रीको टोली रातभर मन्त्रालयमा रहने

 अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएका छन् ।

१७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो ।

भारत भ्रमणको सम्मुखमा दलहरूका फरक सुझाव : प्रधानमन्त्रीले कार्यान्वयन गर्लान् ?

 भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परामर्शमा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, दलका नेता सामेल थिए ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते चार दिने भ्रमणमा लागि छिमेकी मुलुक जाँदै छन् ।

जनताको ढाड भाँच्ने कर र महँगी थोपेर अर्थमन्त्री महत संसदमा उपदेश दिँदै

 सरकारले एक वर्षअघि चालु आर्थिक वर्षको बजेट सार्वजनिक सार्वजनिक गर्दा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लियो । लक्ष्य अनुसार आर्थिक गतिविधि भएन । धेरै जसो क्षेत्र मन्दीको अवस्थामा रहे । एक वर्षपछि आएर सरकारले आर्थिक वृद्धि २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । निर्माण, थोक तथा खुद्रा व्यापार, औद्योगिक उत्पादन लगायतमा आएको संकुचनका कारण सरकारले नै आर्थिक वृद्धि लक्ष्यको एक चौथाइमा सीमित हुने अनुमानसहितको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।

https://barnanmedia.com/detail/1685317930-a-u-99-23-05-29

आज गणतन्त्र दिवस

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । 

आज - १५ जेठ २०८० सोमवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पढाइ लेखाइमा मन जानेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला ।

https://barnanmedia.com/detail/1685319205-aa-l-zd-23-05-29

राष्ट्रपति पाैडल द्वारा १६औँ गणतन्त्र दिवासको शुभकामना व्यक्त्ता

 राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील छ: प्रधानमन्त्री दाहाल

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयक प्रस्तुत

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनीे प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताउनुभयो ।

आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ ।

सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो ।

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

 एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए ।

सदावहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड देखि आषिश राना ९लाउरे०, द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपि दिएको थियो ।

विकास र समृद्धिको आधार गणतन्त्र : प्रदेश प्रमुख शर्मा

–बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताउनुभएको छ ।

सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै दिँदै उहाँले नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रूपमा गणतन्त्र दिवस रहेको छ भन्नुभयो ।

गणतन्त्र दिवस विशेषः नयाँ युगको थालनी भएको दिन

आज गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भएको दिन । अर्थात् दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको थियो ।

राजाको जेठो छोरा राजा बन्ने वंशीय पुरुषतन्त्रको अन्त्य गरी वंशका आधारमा होइन, जनताले चुनेका प्रतिनिधिबाट निर्वाचित राष्ट्रप्रमुख बन्ने जनताको राज्य व्यवस्थाको रूपमा गणतन्त्र स्थापना भएको हो । समाज विकासका हिसाबले नेपाली समाज सामान्तवादबाट पुँजीवादमा प्रवेश गरेसँगै राजनीतिकरूपमा पनि राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना अवश्यम्भावी थियो तर उल्लेख्य राजनीतिक धक्काबिना यो सम्भव थिएन ।

टीकापुर घटना पुनः छानबिन हुनुपर्छ:रेशम चौधरी

 टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरी कारागारबाट रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएपछि उनी आज बिहान कारागारबाट रिहा भएका हुन् ।

१६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउँदै सरकार

सरकारले आगामि आर्थिक वर्ष २०८० ०८१ को बजेट १६ खर्ब रुपैयाँ बराबरको ल्याउने तयारीमा जुटेको छ । चालू वर्षको भन्दा सानो आकारको बजेट तयार योजना आयोगले दिएको १६ खर्ब ८८ अर्बको सिलिङआसपासमै बजेट बन्दै गरेको अर्थमन्त्राल स्रोतको भनाई छ ।

साथै आगामि आर्थिक वर्षमा सरकारी कर्मचारीको भने तलब नबढ्ने स्रोतको भनाई छ । स्रोतमा देखिएको संकुचन र कार्यान्वयन क्षमतामा देखिएका कमजोरीका कारण सरकारले आगामी आर्थिक वर्ष ०८० ८१ को बजेट सानो आकारको ल्याउने र साथै कर्मचारी र बृद्धा भत्ता बढाउन नसकिएको हो ।

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताउनुभएको छ ।

उहाँले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता रहेकोसमेत बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले तीन तहका सरकारबीच अधिकारको बाँडफाँटसँगै सङ्घीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वयको महत्व र आवश्यकता अझै रहेको औँल्याउनुभएको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट

 काठमाडौँमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सबै तयारी पूरा भएको छ ।

यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन समारोहका बाहेक सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

गणतन्त्र दिवसको अवसरमा बालुवाटारमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र दिवसको अवसरमा बालुवाटारमा तरकारी खेती सुरु गरेका छन् ।

बालुवाटारमा तरकारी खेतीको सुरुवात गर्दैै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको र यसलाई व्यवस्थित गर्नेतर्फ जोड दिनुपर्ने बताएका छन् । ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ ।’, उनले भने, ‘कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’

कर्णाली प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना

 कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औँ गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

उहाँले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी–दाजुभाइहरूमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।

समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भयो । गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभयो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो । त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरिएको थियो ।

‘सरकारले बाँदर बचाउने हो कि मानिस’

तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्नुहुन्थ्यो । उहाँलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क ।

“बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उहाँले गुनासो गर्नुभयो, “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उहाँले बताउनुभयो ।

व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गर्नुभएको छ ।

गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उहाँले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशीता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको बताउनुभयो ।

व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गर्नुभएको छ ।

गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उहाँले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशीता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको बताउनुभयो ।

मुगुमा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाँउ नजिक टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आईतबार राती जिल्ला सदरमुकाम गमगढी बजारबाट खानेपानीका पाईप बोकेर बाम गाँउ तिर जादै गरेको लु ४ प ७३६८ नम्बरको टयाक्टर गाँउको नजिकै रहेको फलात भन्ने स्थानमा दुर्घटना भै ५० मिटर तल खस्दा दुई जनाको घटनास्थल मै मृत्यु भएको हो ।

बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने

सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने जानकारी गराउनुभयो ।

धारामा पानी चलेपछि महोत्तरीको चुरे काछमा खुसी

णतन्त्र दिवसले महोत्तरीको बर्दिवास नगरपालिका–१० र ११ को चुरे काछका बासिन्दालाई खुसी दिएको छ ।

सधैँ खोलाको धमिलो पानी खाँदै आएका काछवासी अब घरघरै जडित धारामा पानी चलेपछि दङ्ग छन् । बर्दिवास–१० को चुरे काछको भालुजोरा बस्तीकी ६० वर्षीया सञ्चमाया तामाङको अनुहारमा अहिले चमक छाएको छ । वर्षौंदेखि पाखाको बसोबासमा राम्ररी पानी खान नपाएकी तामाङको अनुहारमा आँगनमै जडान गरिएको धारामा पानी चलेपछि खुसीको चमक छाएको हो ।

श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती

सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु आठ अर्ब आठ करोड बजेट विनयोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा रु नौ अर्ब १३ करोड बजेट विनियोजन गरिएको थियो । आगामी आवका लागि बजेट घटाइएको छ ।

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

शहरी विकासको बजेट झण्डै दोब्बर

सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्‍याएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो । यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।

काठमांडौका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने

सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ ।

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आवभन्दा २३ अर्ब बढी

 ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु. १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् ।

https://barnanmedia.com/detail/1685363974-b-b-l-aa-ab-b-ys-23-05-29

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

 सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु. १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।
चालु आवमा शिक्षातर्फ संघमा ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनयोजन गरिएको थियो । त्यस्ते प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ बजेट हस्तान्तरण गरिएको थियो ।

दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताए ।

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने'

नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने बताउनुभयो ।

प्रसारण लाइनको तार फेर्न हेटौँडा क्षेत्रमा अवरोध, प्राधिकरणको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।