प्रचण्ड-बाबुरामबीचको पाटी एकता टरेकै हो?

काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीचको एकताको कुरा मत्थर भएको छ । निर्वाचन ताकाको माहोल हेर्दा एकता आजै हुन्छ तत्काल हुन्छ भन्ने जस्तो स्थिति थियो । गत मंसिर ४ को निर्वाचनताका प्रचण्ड र बाबुराम एकै ठाउँमा आइपुगेका थिए । जनयुद्धका प्रमुख नेताहरु प्रचण्ड र बाबुरामको राजनीतिक सहयात्रामा सत्तास्वादसँगै विराम लागेको थियो । नेता भट्टराई २०७२ असोज ९ मा तत्कालीन एकीकृत नेकपा माओवादी छाडेर हिँडेका थिए ।

डा।भट्टराईले जुन यात्रा तय गरे त्यो सफल भएन । आफ्नो प्रयोग कतै सफल नभएपछि बाबुराम फेरि प्रचण्डसँगै सहयात्राको प्रयासस्वरुप मंसिरको चुनावमा एकसाथ देखिएका थिए ।

माओवादीबाट छुट्टिई नयाँ शक्ति हुँदै तराईको क्षेत्रीयतावादी राजनीतिबाट आएको संघीय समाजवादी, जनता समाजवादी पार्टीसम्म अहिले आफ्नै नेतृत्वमा नेसपा अगाडि बढाउने प्रयासमा छन् ।प्रचण्डविरुद्ध आगो ओकलिरहेका बाबुरामले आफ्नै निर्वाचन क्षेत्रमा लगेर चुनाव जिताउन खुलेरै सहयोग गरे । स्वार्थ अहिले पूरा नभएपछि माओवादी केन्द्रसँग एकताको सहमति नै तोडिने अवस्थामा पुगेको छ ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा बाबुरामले राष्ट्रपति बन्ने आकांक्षा राखेका थिए । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । प्रचण्ड सफल भए पनि बाबुरामको रणनीति विफल भएको जस्तो देखिन्छ ।