शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्रीले फायर खोले: सचिवालयका ६ पदमुक्त   * राष्ट्रसंघमा कालापानी लगायतको सीमा विवाद सम्वन्धी विषय प्रवेश   * वामदेव आफ्नै दल (नेकपा) र सरकारलाई किन प्रश्न गर्छन् ?   * उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त   * प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
खेलकुद

क्रिकेटमा, अनुभव र इतिहासले काम नगर्ने रहेछ

१३-भाद्र-२०७६ | १२:१३:४६ pm

यो संससारमा केही यस्ता कामछन् जसमा अनुभव र विगतको इतिहास संझेर काम पाइदैन । कुनैपनि खेलको टिममा जस्तै फुटबल क्रिेकेट, पौडी, बास्केटबल आदिमा विगतमा जे जति अनुभव भएपनि , जति पुरस्कार पाएको, टुर्नामेन्ट जितेको भएपनि उमेर ढल्के पछि टिममा छानिने संभावना निकै कम हुन्छ । उमेर ढल्के पछि सेना, कर्मचारी, यौनकर्मी सवै आफ्नो पेशाबाट बाहिरिन्छन् । यस्तै बेला भारतको क्रिकेट टिमका पुर्व कप्तान महेन्द्रसिंह धोनीको खेल करियरमा पनि आएको छ । उनले सन्यास लिने अनुमान पहिला देखि नै लगाइएको हो । औपचारिक सन्यास घोषणा पनि भएको छैन तर उनी लगातार टिममा छानिएका छैनन् ।

भारत र दक्षिण अफ्रिका बीच हुने तीन टि २० सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी संलग्न छैनन् ।

भारतले एक महिना अघि वेस् इन्डिजसँगको समान तीन टि२० र वान डे सिरिजमा पनि धोनीलाई टिम बाहिर राखेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमार पनि टोलीमा छैनन् । अलराउन्डर हार्दिक पान्ड्याले टोलीमा पुनरागमन गरेका छन् । भारतले दक्षिण अफ्रिकासँग पहिलो टि२० सेप्टेम्बर १५ धर्मशालामा खेल्ने छ ।

सेप्टेम्बर १८ मा मोहाली र सेप्टेम्बर २२ मा बंग्लोरमा खेल्ने छ । भारतसँगको टि२० सिरिजको लागि दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा यस अघिनै आफ्नो टोली घोषणा गरि सकेको छ ।

दक्षिण अफ्रिकासँग खेल्ने भारतको टि २० टोली

विराट कोहलीको कप्तानीमा रहने खेलाडीमा रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस ऐर, मनिष पान्डे, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा,क्रुनाल पान्ड्या, वासिंगटन सुन्दर, राहुल चाहर, खलील अहमद, दिपक चाहर र नवदीप सैनी हुनेछन् ।

Leave a Reply

सम्बन्धित समाचार