शान्ति समाजको ध्यानाकर्षण

मानव अधिकार तथा शान्ति समाजले ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ शीर्षकमा विभिन्न कार्यक्रम आयोजना गरि ३०औँ विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे) मनाएको छ ।

शान्ति समाजका काठमाडाैँ, पाल्पा, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा छट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत सरिता पौडेलले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा शान्ति समाजका तर्फबाट तीन पृष्ठको अवधारणापत्र प्रस्तुत गरी सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्न स्मरण गराइएको छ ।

व्यावसायिक नैतिकताको उच्चतम मापदण्ड कायम गर्न सम्वद्ध सबैलाई समाजले कार्यत्रपत्रमार्फत् आग्रह गरेको छ । यसैगरी राज्य, सञ्चार जगतबाट श्रमजीवी पत्रकारको अधिकार संरक्षणका लागि थप प्रतिवद्धतासहित विशेष योजनाको खाँचो शान्ति समाजले औँल्याएको छ । प्रेस स्वतन्त्रता दिवसका दौरान विश्वभरि कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरिन्छ ।