शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
कपिलवस्तुमा नौ र दाङमा दुइ जना संक्रमित थपिए   * लिपुलेक विवादको सन्दर्भमा नेपाली सेनाले जारी गर्याे विज्ञप्ति   * अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
पत्रपत्रिका खवर

२३ हजार कर्मचारी रिक्त

०८-भाद्र-२०७६ | ०७:४०:२७ am

काठमाडौँ । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारीको दरबन्दी रिक्त छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रक्रियामा रहेकाबाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४९, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५ हजार ४ सय ५१ दरबन्दी खाली छ । ४ देखि १० तहसम्मका कर्मचारीको दरबन्दी रिक्त रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये ९ हजार १ सय ६१ कर्मचारी भर्ना प्रक्रियामै छन् ।

गत चैतमै सरकारले संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ५१ हजार ४ सय ५७ कर्मचारी समायोजन गरेको थियो । मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा रिक्त कर्मचारी संख्या कुल दरबन्दीको करिब १७ प्रतिशत हो । रिक्त दरबन्दी पूर्ति गर्ने विषयमा संघ र प्रदेश सरकार अन्योलमा छन् । अधिकार क्षेत्र मिचेर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको भन्दै केही प्रदेश सरकारले संघको आलोचना गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: