काठमाडौंको साँखुमा चार वटा टिपर ठोक्किए,टिपरका चालक च्यापिएर घाइते

काठमाडौंको साँखुमा चार वटा टिपर ठोक्किएका छन्। 

 शनिबार बिहान काठमाडौंको साँखु–लप्सीफेदी स्थित जंगलमा चार वटा टिपर एकैपटक ठोकिएका हुन्। 

प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७,  बा ५ ख ४५७० र ना ८ ख २९१९ नम्बरको टिपर दुर्घटनामा परेको हो। चारैवटा टिपर एकै दिशामा जाँदै थिए। साँखुस्थित पिपुल्स लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ। तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  

दुर्घटना हुँदा बा ५ ख ४५७० नम्बरको टिपरका चालक च्यापिएर घाइते भउका छन।