पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीका एक वृद्धको पेटभित्र भेटियाे रक्सीको सिंगै बोत्तल

पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीका एक वृद्धको पेटभित्र रक्सीको सिंगै बोत्तल भेटिएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार बिहीबार दिउँसो सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा धनगढी-१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरकाे पेटभित्र रक्सीको सिंगै बोत्तल भेटिएको हाे।

‘बिरामी आज नै पेट दुख्यो भनेर चेकअप गर्न आउनुभएको हो, एक्सरेपछि मात्रै बिरामी आफैंले पेटमा बोतल छ भन्ने कुरा थाहा पाउनुभयो,’ उनले भने। दुई दिनअघि मदिरा सेवा गरिसकेपछि साथीहरुले मलद्वारबाट बोत्तल घुसाइिदएको बिरामीलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले जानकारी दिए। 

मगरका अनुसार उनको पेटमा बोतल गएको दुई दिन जति भयो।  मेडिकलमा सामान्य उपचारपछि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।