बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
प्रदेश

सम्झनाको किटानी जाहेरी चितवन पठाइयो, अब रवि केशमा नयाँमोड

०१-भाद्र-२०७६ | ०६:२५:०४ pm

महानगरीय प्रहरी परिसर काठमाण्डौले चितवनमा मृत भेटिएका पत्रकार सालिग्राम पुडासैनीको परिवारले दिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ । चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार पुडासैनीको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिनुभएको थियो ।

आत्महत्या गर्नुअघिको सार्वजनिक भएको भिडियोमा नाम लिएका तिनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा हदैसम्मको कारबाही माग गर्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा किटानी जाहेरी परेको परिसरकार प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । जाहेरीलाई खामबन्दी गरेर चितवन पठाइसकिएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।

लामिछानेसहित तीनै जनाविरूद्ध अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान चलिरहेको छ । गएको वर्ष भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ । त्यही अनुरुप मृतक पुडासैनीका श्रीमतीले यहीँबाट किटानी जाहेरि दिएको प्रवक्ता बोगटीले बताउनुभयो ।

प्रहरीले जाहेरीबिना नै गएको ३० गते कार्यक्रम प्रस्तोता लामिछाने र कँडेललाई पानीपोखरीमा रहेको टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको थियो । कार्कीलाई भने कलंकीबाट पक्राउ गरेर त्यही दिन राति चितवन पुर्याएको थियो ।

सम्बन्धित समाचार